२ पुस २०८१ मंगलबार
image/svg+xml
अर्थ

१९औं धान दिवस: कपिलवस्तुमा रोपाइँ महोत्सव

१९औँ राष्ट्रिय धान दिवसका अवसरमा कपिवस्तुको मायादेबी गाउँपालिका ६ रजवापुरमा धान रोपाइँ गरिँदै।

१९औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव कपिलवस्तुस्थित कृषि ज्ञान केन्द्र र १० वटै पालिकाले मनाएको छ। दिवसका अवसरमा जिल्लाको कृषि ज्ञान केन्द्र र १०वटै पालिकाले खेतमा धान रोपाई पछि दही चिउरा खुवाएर मनाइएको हो। 

‘धान बालीमा जैबिक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ धान दिवस मनाइएको थियो। कृषि ज्ञान केन्द्रले दिवसमा अवसरमा मायादेबी गाउँपालिका–६ स्थित कृषक रावबेन्द्र चौबेको खेतमा धान रोपाइँ गरेको थियो। 

धान रोपेर कार्यक्रमको शुभारम्भ गर्दै जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले  खाधान्नमा परनिर्भरता बढदै गएको प्रति चिन्ता ब्यक्त गरे। देशको श्रम शक्ति बिदेशिएका र मल सिंचाईको असुबिधाले धान लगायतका अन्न बालीहरुको उत्पादनमा ह्रास आउदै गएकोले बेलैमा सचेत हुनु पर्ने उनले बताए। परम्परागत खेतीलाई त्यागेर आधुनिक तरिकाबाट खेती गरेर उत्पादन बढाउनु पर्ने बताए। 

निर्भाहमुखी र परम्परागत खेतीलाई बिस्तापित गरी उपकरणहरुको प्रयोग बढाउन जरुरी रहेको भन्दै ज्ञान केन्द्रका प्रमुख रबिन्द्र चौबेले ‘अपार अन्न भण्डारकारुपमा रहेका जिल्लाको प्रमुख बालीकारुपमा रहेको धान खेतीको स्तर अझ माथि उठाउनु पर्ने देखिन्छ, त्यसकालागि प्रबिधिको प्रयोग बढाउदै लागतमा कमी ल्याउनु पर्छ।’ जमिन्दारी प्रथाको अन्त्य गर्दै सोचमा समेत परिवर्तन हुनु पर्ने उनको भनाई छ। 

उनले धान बाली कपिलवस्तुको प्रमुख बाली रहेको भन्दै जिल्लामा ७५ हजार मेट्रिक टन धान बचत हुने गरेको बताए। कृषहरुले सहभागी अतिथि सबैलाई दही चिउरा खुवाएर स्वागत गरेका थिए। कार्यक्रमले कृषकहरुमा उत्साह थपे पनि सिंचाई, उन्न बीउ, मल लगातयको समस्याले आफूहरुलाई सधैँ पिराेली रहने कृषक राघबेन्द्र चौबेले  गुनासो गरे।‘ 'मल सिंचाईको सुबिधा नहुदा सधै आकाशको पानीको भर पर्दै आएका छौँ, खेतीमा आधुनीकरण भएको छैन, मल, बीउको सधै समस्या हुन्छ, ’ उनले भने। ‘कृषि र कृषकको नारा घन्काईए पनि दिगो बिकासका लागि भने कसैले चासो दिएका छैनन्। देश कै ६५ प्रतिशत परिवार कृषि पेशामा लागेको तथा  कुल ग्राहस्थ उतपदनको ३५ प्रतिशत हिस्सा रहेको कृषि क्षेत्र भने सधै उपेक्षित रहेको कृषहरुको गुनासो छ। 

तराई जिल्लाको शान र अन्नबालीको २० प्रतिशत हिस्सा आगटेको धान बालीका लागि स्थिति सुधार हुन नसक्दा क्रमशः उत्पदन घटदै जादा १० बर्ष अघि सम्म निर्यात गरिने देशमा अहिले भने निर्यात बढदै गएको छ। सुख्खापन, लगानी अनुसारको मुल्य नपाएकाले क्रमशः धानको उत्पादन समेत बढदै गएको छ। बिभिन्न समस्याका कारण धान उत्पादनमा खासै वृद्धि हुन नसेको  कृषि ज्ञान केन्द्रका कृषि अर्थ बिद शिवपुजन गुप्ताले बताए। आधुनिक प्रविधि, उन्नत बीउ, मल, सिंचाई सुबिधा नबढाईकन उत्पादन बढदैन, ’ उनले भने। ‘निर्भाहमुखी नभई ब्यवासयिक खेती गर्न कृषकलाई प्रोत्साहीत गर्नु पर्छ।' 

उता कपिलवस्तुको मायादेबी गाउपालिका, शिवराज नगरपालिका, बुद्धभुमी नगरपालिकाले दिवसमा अवसरमा रोपाई महोत्सव गरेको छ। मायादेबी गाउपालिका प्रमुख बलीउद्दीन मुसलमानको अगुवाईमा पकडीमा, शिवराज नगरपालिकामा मेयर अजय थापाको नेतृत्वमा वडा नम्बर २ बलापुर तथा बुद्धुभुमी नगरपालिका १ भेलाईमा मेयर केशव कुमार श्रेष्ठको नेतृत्वमा रोपाई गरिएको हो। 

दिवस कै अवसरमा कृषि ज्ञान केन्द्रले उत्कृष्ठ स्मार्ट कृषि गाउँलाई सम्मान गरेको छ। जिल्लामा ६ वटा मध्ये ३ वटा स्मार्ट कृषि गाउ मात्र संचालित छन। त्यस मध्ये उत्कृष्ठ भएको कृषि नगर स्थित लोहोरौला स्मार्ट कृषि गाउँलाई नगर २५ हजारसहित सम्मान पत्र प्रदान गरिएको छ। जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले स्मार्ट कृषि गाउँका कार्यक्रम संयोजक जाकीर हुसेनलाई सम्मान पत्र प्रदान गरेका थिए।  

 

मल र सिंचाई अभावबीच कपिलवस्तुमा १० प्रतिशत बढी रोपाइँ

कृषकहरुले मलखादको अभावकाबीच रोपाइँ सुरु गरेका छन्। ज्ञान केन्द्र अनसार मध्य असारमा जिल्लामा १० प्रतिशत बढी रोपाइँ भएको छ। बाणगंगा नगरपालिकामा ५० प्रतिशत बढी र बुद्धभुमी र मायादेबीमा ३० प्रतिशतको हाराहारीमा रोपाइँ सकिएको हो। यस वर्ष सिंचाई अभाव र मलको चरम अभाव रहेको कृषकहरु बताउछन्। कृषक घाउ राका यादवले बिउ र मलको अभावका बिच बल्लतल्ल रोपाई गरेको बताए। मलखाद र उन्नत बिउ दिने सरकारकाे नाराअहिलेसम्म पूरा नभएकाे उनले बता।

सहुलियको सरकारी मल त कृषि सहकारीकिो हातमा मात्र जाने गरेको उनले गुनासो गरे। जिल्लामा ७१ हजार ५ सय हेक्टरमा धान खेती गरिन्छ। जसबाट सवा सवा २ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ। जिल्लामा राधा चार, साबित्री, सावा, मन्सुली, कालानमक लगायतका प्रजातिका धान लगाइन्छ।

प्रकाशित: १५ असार २०७९ ०७:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App