४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नागरिक लगानी कोषले १.५ प्रतिशत थप प्रतिफल दिने

नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका करिब २ लाख ९८ हजार सहभागीहरूलाई कोषको आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने भएको छ। कोष सञ्चालक समितिको यही असार ११ गते बसेको बैठकले उक्त निर्णय गरेको हो।  

२०७८ असार मसान्तसम्मको बचत रकममा सञ्चित मुनाफाबाट एक दशमलव ५ प्रतिशतका दरले थप प्रतिफल दिँदा सहभागीहरूको खातामा कुल रकम १ अर्ब ७४ करोड रूपैयाँ जम्मा हुन्छ।

प्रतिफलबाट प्राप्त रकम कोषमा रहेको सहभागीहरूको खातामा जम्मा गर्ने व्यवस्था गरिसकेको कोषले जनाएको छ।

प्रकाशित: १४ असार २०७९ ०७:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App