१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सात करोड बढी लागतको दोहनी सिँचाइ योजना सञ्चालनमा

सात करोड बढी लागतमा निर्मित कपिलवस्तु नगरपालिका वडा नम्बर ८ स्थित दोहनी सिँचाइ योजना सञ्चालनमा आएको छ। जमुहार नालाबाट नहरमा ल्याएर नगरपालिकाको वडा नम्बर ७ र ८ स्थित ७ सय हेक्टरमा सिँचाइ हुने योजनाको निर्माण कार्य सम्मन भएको हो।  

पूर्व सिँचाइ राज्यमन्त्री सुरेन्द्रराज आचार्यले रिबन काटेर सिँचाइ आयोजनाको शुभारम्भ गरेका हुन्। सिँचाइ अभाव हुँदा आकाशे पानीमा भर पर्दै आएका यस भेगका कृषकहरु दोहनी सिँचाइ योजनाले लाभान्वित हुने बताए।  

उनले यो सिँचाइ योजनाले कृषि क्षेत्रको उत्पादनमा वृद्धि भई कृषकहरुलाई खेती गर्न सजिलो हुने बताए। जिल्लाका अन्य स्थानमा पनि यस्ता योजनाले निरन्तरता पाएको उनले जिकिर गरे। २०७४ सालबाट निर्माण सुरु गरिएको योजनाको सबै काम सम्पन्न गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख पुरुषोत्तम उपाध्यायले दाबी गरे।  

७ करोड २० लाख ९६ हजार ३ सय ३४ रुपैयाँ लागतमा बाबुल राजन जेभी निर्माण सेवा रुपन्देहीले ठेक्कामार्फत योजना सम्पन्न गरिएको हो। सो योजनामा ४ दशमलव ४ किमी नहर निर्माण गरी कृषकहरुलाई सिँचाइ सुबिधा उपलब्ध गराइएको उनकाे भनाइ थियाे।  

नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष शिवकुमार पाण्डेयले यस भेगका कृषकहरुको वर्षाैँ देखिको सपना बल्ल पूरा भएको बताए। उनले सिँचाइ अभावले कृषकहरु समास्यामा परेको बेला यो सिँचाइ योजना सञ्चालनमा आएपछि कृषकहरु खुसी भएको उनले बताए। उनले मलखाद र बिउ बिजन तत्कालै उपलब्ध गराउनु पर्ने उनले माग गरे।

कार्यक्रममा वडा नं ३ का अध्यक्ष प्रकाश गैरे, किसान संघका जिल्ला अध्यक्ष चर्तुभुजमणी त्रिपाठी, दुर्गेश पाण्डेय लगायतले योजनाको रेखदेख र सही सदूपयोग गर्नका लागि शुभकामना दिएका थिए।

प्रकाशित: १४ असार २०७९ ०४:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App