२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

भैंसी संरक्षण गर्न सांसदहरूकाे माग

फाइलतस्बिर

प्रदेश १ को प्रदेशसभामा भैंसी लोपहुन लागेकाले संरक्षण गर्न सांसदले माग गरेका छन्। प्रदेश १ को विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलकाक्रममा सांसद नारायण बुर्जा मगरले भैंसी लोपहुन लागेका कारण संरक्षण गर्न सरकारसँग माग गरेका हुन्।  

मगरले किसानले भैंसी पाल्न छाडेसँगै भैंसी नै लोप हुन लागिसकेकाले किसानलाई भैंसी पालनमा प्रोत्साहन हुने किसिमको नीतिगत व्यवस्था गर्न माग गरे। उनले भने‘भैंसी लोप नै हुने अवस्थामा पुगिसकेका कारण भैंसी संरक्षण गर्न भैंसी पाल्ने किसानलाई प्रोत्साहन गर्नुपर्छ।’ भैंसी पाल्दा दुध मात्रै नभई मासुको आपूर्तिमा पनि सहयोग पुग्ने मगरको भनाई छ। उनले प्रदेश सरकारको बजेट छलफल, अन्तक्र्रिया, तालिम, गोष्ठि लगायतमा केन्द्रीत भएको भन्दै  कुनै उपलब्धी नहुने तर,  खर्चमात्रै  हुने किसिमका कार्यक्रम घटाउन सरकारलाई सुझाव दिए।  

सांसद बलबहादुर साम्सुहाङले तालिम, गोष्ठि, अभिमुखिकरणका नाममा प्रदेशको ठूलो धनराशी खर्च भइरहेका कारण यस्ता कार्यक्रम घटाएर जनतालाई प्रत्यक्ष लाभ पुग्ने किसिमका कार्यक्रमलाई प्राथमिकता दिन सरकारलाई आग्रह गरे। सांसद्य विमल कार्कीले  परम्पार धान्ने खालका कार्यक्रममा बजेट केन्द्रित भएको गुनासो गरे। विगतमा गरिएका छलफल, गोष्ठि, अन्तक्रिया जस्ता कार्यक्रमको उपलब्धीलाई मूल्याँकन गरेर मात्रै यस्ता कार्यक्रम राख्न सुझाव दिए। उनले फर्निचर, रंगरोकन, मर्मतका नाममा प्रदेश सरकारले हरेक वर्ष ठूलो धनराशी खर्च गरिरहेको बताए। 

एउटै कार्यालयलाई हरेक वर्ष फर्निचर किन्न, रंग लगाउन र मर्मत सम्भार गर्न बजेट राखिएकोमा उनले आशंका गरे। उनले भने‘एक पटक खरिद गरिएको फर्निचरले १०–१५ वर्ष पुग्ने भए पनि प्रदेश सरकारले एउटै कार्यालयका लागि  हरेक वर्ष फर्निचर खरिद गर्न  किन बजेट विनियोजन गरिरहेको छ ?’  सांसद चुमनारायण तवदारले धान रोप्ने सिजनमा किसानलाई मलवीउ समत नदिने सरकारले कृषिलाई प्राथमिकता दिएको भन्दै जनतालाई ढाँटीरहेको बताए। उनले भने, ‘किसानलाई मल,वीउ नदिएर कागजमा मात्रै कृषिलाई प्राथमिकता राख्नुको औचित्य छैन।’ छलफलमा सांसदहरू लक्ष्मण तिवारी, शिवनारायण सिंह, हिक्मतकुमार कार्कीलगायतले भाग लिएका थिए।

प्रकाशित: १३ असार २०७९ ११:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App