१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

सुनको मूल्य बढ्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला  ४०० रुपैयाँले बढेर ९७ हजार ७००  रुपैयाँ पुगेको छ। पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला  ९७ हजार २०० रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला  ९६ हजार ८०० रुपैयाँ थियो।  

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  १० रुपैयाँले बढेर  एक हजार २५५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ।

प्रकाशित: १३ असार २०७९ ०६:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App