१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पोखरा महानगरको बजेटः खेलकुद प्रवर्द्धनात्मक कार्यक्रमलाई दुई करोड

पोखरा महानगरपालिकाले पोखरामा खेलकुद पूर्वाधार र प्रवर्द्धनात्मक कार्यक्रमलाई दुई करोड रुपैयाँ बजेट छुट्टाएको छ। छुट्टाइएको बजेट गत वर्षको भन्दा केही बढी हो।  

महानगरपालिकाले गत वर्षको झैं यो वर्ष पनि एक टोल एक खुला क्षेत्र एक व्यायाम शाला निर्माणलाई निरन्तरता दिएको छ। पोखरालाई क्रिकेट र गल्फ जस्ता खेलकुदबाट पर्यटन प्रवर्द्धन गर्न सकिने जनाउँदै क्रिकेट मैदान र गल्फ कोर्ष निर्माणको लागि सम्भाविता अध्ययन गरिने उल्लेख छ।

महानगरले महानगर खेलकुद विकास समितिलाई प्रभावकारी बनाउन खेलकुद कार्यक्रमलाई वडास्तरसम्म सञ्चालन गर्दै लैजाने जनाएको छ। पोखरालाई खेल शहरको रुपमा विकास गर्न  निर्मित संरचनालाई आधुनिकीकरण र थप पूर्वाधार निर्माण गर्न संघ र प्रदेश सरकारसँग सहकार्य गर्ने जनाएको छ।

विद्यालयस्तरीय खेल कार्यक्रमलाई निरुन्तरता दिँदै महानगरस्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरिने उल्लेख छ। महानगरले चार खेलका उत्कृष्ट खेलाडी छनोट गरी सम्मान गर्ने समेत जनाएको छ। महानगरले पोखरालाई एथलेटिक्स, भलिबल, मार्शल आर्ट्स, स्क्वास, पौडी लगायतका प्रतियोगिताको केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै आएको छ।

खेलकुद प्रतियोगिताले खेल पर्यटनको विकासमा टेवा पुर्याउने भन्दै खेलकुद प्रतियोगिता आयोजनालाई प्रथामिकतामा राख्ने महानगरले जनाएको छ। महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले खेलकुद प्रर्वद्धनात्मक कार्यक्रमलाई दुई करोड भएको उल्लेख गरे।

‘खेलकुद पूर्वाधारको बजेट छुट्टै छ। दुई करोड केवल खेलकुद प्रतियोगिताको लागि मात्रै हो।’ उनले भने, ‘गतवर्ष एक करोड २५ लाख रुपैयाँ प्रतियोगिता प्रवर्द्धनात्मक कार्यक्रमलाई थियो।’ महानगरले आफ्नै योजनाको लागि रुपमा पोखरा–१३ आर्बा र पोखरा–२० भलाम आँटीघरमा खेल मैदान निर्माण सुरु गरेको छ।

मौजाको झण्डै १७ सय मिटरको उचाइमा खेल मैदान निर्माण गरिदै आएको छ। जुन महानगरकै उच्च उचाइको खेल मैदान बन्ने छ। आँटीघर मौजामा निर्माणाधिन खेलग्राम झण्डै १६ करोडको योजना समेत हो। गुरुयोजना बनाइ काम बढाइएको योजनालाई महानगरले विशेष चासो समेत दिएको छ।  

प्रकाशित: ११ असार २०७९ ०८:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App