७ वैशाख २०८१ शुक्रबार
अर्थ

करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले करसँगै पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो।

आज (शनिबार) पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिए।

आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले कर कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्णय गरेको थियो। निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल-मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो।

यस अनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल-मट्टितेलको १६३ कायम हुनेछ  घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

प्रकाशित: ११ असार २०७९ ०७:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App