१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिटिजन्सको शाखारहित बैंकिङ सेवा त्रियुगाको तोरीबारीमा

सिटिजन्स बैंकले देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरूलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ सेवा विस्तार गरेको छ।

यसै क्रममा बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ७ तोरीबारीमा यही असार ६ गतेबाट ९५ ओैं शाखारहित बैंकिङ सेवा शुरु गरेको छ। उक्त स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी बाबुराम थापालाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ।

यो शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरूको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरू उपलब्ध गराउने लक्ष्य राखिएको छ। यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेखनीय विश्वास एंव बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ।

आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क, ईकेवाईसी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुविधा सुरु गरिसकेको छ। बैंकका ग्राहकहरूको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरू छिटोभन्दा छिटो समाधान होउन् भन्ने उद्देश्यले ग्राहक सहायता केन्द्रको समेत स्थापना गरिसकेको छ। 

प्रकाशित: १० असार २०७९ ०१:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App