१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

नारायणी डेभलपमेन्ट बैंकले चुक्ता पूँजीको १.१ अनुपातमा हकप्रद शेयर जारी गर्ने

नारायणी डेभलपमेन्ट बैंक लिमटेडले चुक्ता पूँजीको १.१ अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ।  

बुधबार चितवनको टाडीमा बैंकका अध्यक्ष राम प्रसाद रोपाखेतीको अध्यक्षतामा बसेको विशेष सभाले हाल कायम रहेको चुक्ता पूँजी  २६ करोड २४ लाख ६७ हजार ६०० मा १.१ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय पारित गरेको हो।  शेयर जारी गरेपश्चात बैंकको चुक्ता पूंजी ५२ करोड ४९ लाख ३५ हजार २०० पुग्ने जनाइएको छ।

त्यस्तै सभाले पूँजी बढाउने निर्णय गरेको छ। सोही अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव संगै मर्जर तथा एक्वीजिसनको लागि समझदारी पत्रमा हस्ताक्षर गर्ने लगाएत सोसंग सम्बन्धित कार्यहरु गर्न  समितिलाई अख्तियारी  दिइएको छ।

प्रकाशित: ८ असार २०७९ १४:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App