७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

कर्णाली प्रदेशको बजेट ३२ अर्ब

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट बजेट भाषणका लागि जाँदै। तस्बिर: गोविन्द/नागरिक

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८९/०८० को बजेट ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैँया विनियोजन गरिएको छ। कर्णाली प्रदेश सभाको दशौं अधिवेशनको तेह्रौं  बैंठकमा आर्थिक वर्ष २०७९/०८० बजेट भाषण गर्दै आन्तरिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले उक्त बजेट विनियोजन गरेका हुन्।

कर्णाली सरकारको निति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न गर्न कुल ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार आन्तरिक मामिला तथा योजना मन्त्री विष्टले बजेट प्रस्तुत परेका हुन्। कुल विनियोजन मध्ये चालु तर्फ ९ अर्व १६ करोड ९९ लाख १० हजार रुपैयाँ रहेको छ। कुल बजेटको २८.११ प्रतिशत रहेको छ। पुँजीगत तर्फ १९ अर्व ४३ करोड ५ लाख २४ हजार रुपैयाँ विनियोजन गरिएको छ। जसको कुल बजेटको ५९.५८ प्रतिशत हुन्छ। स्थानीय तहमा वित्तिय हस्तान्तरणतर्फ ४ अर्ब १ करोड ५७ लाख २९ हजार रुपैयाँ विनियोजना भएको छ। जसको कुल बजेटमा १२.३१ प्रतिशत रहेको छ।  

आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च व्याेर्होने श्रोत मध्ये आन्तरिक राजश्वबाट रु ७१ करोड २९ लाख ७४ हजार रहेको छ। चालु आर्थिक वर्षको खर्च नभई बचत हुने अनुमानित रकम ४ अर्ब ५५ करोड ४५ लाख ८५ हजार रुपैयाँ रहेको छ। त्यस्तै संघिय सरकारबाट राजश्व बाँडफाट वापत प्राप्त हुने रकम ९ अर्व २ करोड २० लाख, वित्तिय समानिकरणबाट अनुदान प्राप्त हुन आएको रकम १० अर्ब ७२ करोड ६४ लाख,  शसर्त अनुदानबाट ५ अर्व ६९ करोड ६७ लाख परिचालन गरिने प्रस्तुत बजेट भाषणमा उल्लेख छ। संघिय सरकारबाट प्राप्त हुने समपूरक अनुदानतर्फ १ अर्ब २१ करोड ५० लाख र विशेष अनुदान ६६ करोड ८० लाख परिचालन हुनेछ। 

संघिय सरकारबाट शसर्त अनुदान प्राप्त हुने बाहेक बैदेशिक सहायता बाहेक अन्य बैदेशिक सहायताबाट संञ्चालित कार्यान्वयन हुने कार्यक्रममा २ करोड ५ लाख ४ हजार श्रोत परिचाल हुने कर्णाली प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा उल्लेख छ।

प्रकाशित: १ असार २०७९ १२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App