४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

'मन्त्रालयको बजेट कटौति हुँदा पर्यटक भित्र्याउने कार्यक्रम निरन्तरता दिन सकिएन'

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयको साँढे १० अर्ब बजेट कटौति गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मासँग गुनासो गरेका छन्।

बुधबार विनियोजन बजेटमाथि सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री आलेले पटकपटक आग्रह गर्दापनि अर्थमन्त्री शर्माले सो बजेट कटौति गरिदिँदा कतिपय स्थानीय तहसँग गरिएको साझेदारी कार्यक्रम पनि कटौति गर्नुपर्दा आफूलाई अति दुःख लागेको प्रतिक्रिया समेत दिए। उनले बजेटको आकार भने नौं दशमलव ८ प्रतिशत बढ्ने तर आफ्नो मन्त्रालयको बजेट भने ठूलो मात्रामा कटौति भएकै कारण पर्यटक भित्र्याउने कतिपय कार्यक्रमहरुलाई निरन्तरता दिन नसकिएको स्पष्ट पारे। 

अर्थ मन्त्रालयले बजेट कटौति गरेका कारण माननीयज्यूहरुको निर्वाचन क्षेत्रमा रहेका आयोजनाहरुलाई निरन्तरता दिन नसकेको विषयलाई आफूले सहज रुपमा लिएको पनि मन्त्री आलेले बताए। मन्त्री आलेले ६ महिनाभित्र पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गरिसक्ने पनि बताए।   

प्रकाशित: १ असार २०७९ ०९:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App