१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

‘निटा भी’ विद्युतीय कार बजारमा

मुलुकको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप वातावरण मैत्री विद्युतीय सवारीको व्यवसायमा प्रवेश गरेको छ।

ग्रुप अन्तर्गतको सीजी मोटर्सले विद्युतीय सवारी ब्रान्ड निटा नेपाली बजारमा ल्याएको होर निटा ब्रान्ड चिनियाँ मोटर उत्पादक कम्पनी होजोन अटोमोबाइलले उत्पादन गर्दै आएको छ। सीजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले पेट्रोलियम पदार्थको आयात घटाइ व्यापार घाटा कम गर्ने सरकारी नीतिलाई सहयोग पुर्‍याउन आफूहरूले विद्युतीय सवारीको बिक्री सुरु गरेको बताए।

सीजी मोटर्सले चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी होजोन अटोका क्रसओभर कार नेपाली बजारमा ल्याएको होर निटा ब्रान्ड पूर्णरूपमा विद्युतीय सवारी उत्पादन गर्नकै लागि डिजाइन गरिएको कार भएकाले यो निक्कै किफायती रहेको कम्पनीको भनाइ छ।

सिजीका अनुसार होजोनले निटा ब्रान्डका कार उत्पादन गर्दै आएको छ। सीजी मोटर्सले पहिलो चरणमा नेपाली बजारमा निटा भी कार ल्याएको हो। होजोनले २०२० मा निटा भी र २०२१ मा निटा यु प्रो र निटा एस सार्वजनिक गरेको थियो।

सीजीका अनुसार निटा भीले एक पटकको फुलचार्ज गरेपछि ३ सय ८० किलोमिटर भन्दा धेरै रेन्ज दिन्छ। निटा भी कारमा सियाटल कम्पनीले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छर निटा भीको अधिकतम गति १ सय १ किलोमिटर प्रतिघण्टा छर निटामा प्रयोग भएका ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी छ।

नेपाली बजारमा निटा भी विभिन्न ५ रङमा उपलब्ध छन्र यसको मूल्य ३७ लाख ९९ हजार रूपैयाँ कायम गरिएको छ। यस्तै सीजी मोटर्सका हरेक खरिदकर्तालाई ६.६ केडब्लूको चार्जर र एक वर्षको बीमाको सुविधा निःशुल्क उपलब्ध गराइने छ। सीजी मोटर्सका सीईओ हेमन्त अग्रवालले विद्युतीय सेगमेन्टमा निजी मात्र नभइ सार्वजनिक तथा कमर्सियल सवारी पनि ल्याउने जानकारी दिए।

उनले ११ देखि १४ सिट क्षमताका भ्यान तथा माइक्रोबसलाई विद्युतीयले विस्थापन गर्ने गरी सवारी साधन ल्याउन लागिएको बताए। सीजीले १.५ र २.५ टन क्षमताको विद्युतीय पिकअप समेत छिट्टै नेपाली बजारमा उपलब्ध गराउने भएको छ। यस्तै कम्पनी निटा एस र निटा यु नेपाली उपभोक्तालाई अर्को वर्षसम्म उपलब्ध गराउने योजनामा रहेको अग्रवालले बताए।

प्रकाशित: २७ जेष्ठ २०७९ ०५:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App