३ पुस २०८१ बुधबार
image/svg+xml
अर्थ

कालीगण्डकी दोहन रोक्न प्रहरी सक्रिय

कालीगण्डकी नदीको अवैध दोहन रोक्न प्रहरीले सक्रियता बढाएको छ। प्रहरीले बुधबार राति अवैधरुपमा कालीगण्डकी किनारबाट ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा ओसारपसार गरिरहेका दुई ट्रयाक्टर नियन्त्रणमा लिएको छ।

यसअघि बुधबार बागलुङ नगरपालिका–१ कालीगण्डकी किनारमा अवैधरूपमा ढुङ्गा र बालुवाको उत्खनन तथा ओसारपसार गरिरहेका तीन ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको थियो। सर्वोच्च अदालतले नदीजन्य पदार्थको उत्खनन नगर्न आदेश दिएपछि प्रहरीले कालीगण्डकीको दोहन रोक्न सक्रियता बढाएको हो।

पाँचवटै ट्रयाक्टर र सामग्री बागलुङ नगरपालिकालाई बुझाइएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए। बुधबार प्रहरीले कालीगण्डकी किनारबाट ध१त ४१७ र लु४त  ८३६३ नंको ट्रयाक्टर नियन्त्रणमा लिएको हो। 'अदालतले नदीजन्य पदार्थको उत्खनन रोकेको छ, सोहीअनुसार सहयोग गर्न प्रहरीलाई भनेका छौँ', बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले भने।

प्रहरीले बुधबार ध१त ३५५, ध१त २३७ र ध१त ४५८ नंको ट्रयाक्टर नियन्त्रणमा लिएर बागलुङ नगरपालिकालाई बुझाएको छ। ट्रयाक्टर चालकबाट पहिलोपटक पाँच हजार, दोस्रो पटक १० हजार र तेस्रोपटकमा २० हजार जरिवाना असुल्ने कानुनी व्यवस्था छ।  

जैमिनीमा आइतबार पनि सेवा प्रवाह

बागलुङको जैमिनी नगरपालिकाले आइतबारको बिदा नदिने निर्णय गरेको छ। नगर कार्यपालिकाको बिहीबारको बैठकले नगर क्षेत्रभित्र आइतबार बिदा नदिने निर्णय गरेको हो।

नगर क्षेत्रका सरकारी तथा संस्थागत कार्यालय खुला गर्दा इन्धन खपतमा असर नपर्ने भएकाले सेवा प्रवाह नरोक्ने निर्णय गरिएको उपप्रमुख हरिहर शर्माले बताए। जैमिनीले वडा तहमा योजना सम्झौता र फरफारकका लागि तयारी गरेको छ। जैमिनीले गर्भवती र सुत्केरी स्वास्थ्यचौकी जानुपर्दा यातायातको साधन चाहिएमा नगरपालिकाले प्रबन्ध गराउने गरी कार्यविधिसमेत बनाउन लागेको उनले बताए। रासस

प्रकाशित: २० जेष्ठ २०७९ ०४:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App