coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

प्रतिनिधिसभा बैठकः युवा पुस्तालाई समेट्ने गरी बजेट ल्याउनुपर्छ

सांसद विन्दा पाण्डेले उपसभामुखको निर्वाचन अविलम्ब गर्नुपर्ने माग गर्दै युवा पुस्तालाई समेटने गरी बजेट ल्याउन जरुरी भएको सुझाव दिइन्।

प्रतिनिधिभ सभाको आजको बैठकमा सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफलका विषयमा उनले अहिलेका युवा पुस्ताले बजेटका शब्द-शब्दमा आफ्नो भविष्य खोजिरहेको हुनाले नीति, बजेट र कार्यक्रम बनाउँदा नयाँ पुस्तालाई ध्यान दिनेगरी ल्याउनुपर्ने सुझाव दिइन्।

सांसद गङ्गा चौधरी सत्गौवाले बजेट चुनावमुखी भएको उल्लेख गर्दै एक हजार ४५० सडकको बजेट कहाँ गयो, यसको जवाफ अर्थमन्त्रीले दिनुपर्ने माग गरिन्। उनले २५ जिल्लामा महिलालाई सुत्केरी भत्ता दिने सरकारले बजेटमा ल्याएको छ तर समानरुपमा ७७ जिल्लाकै महिलालाई सुत्केरी भत्ता दिनुपर्ने उनको भनाइ थियो।

सांसद सुजाता परियारले नेपाली उत्पादनमा वृद्धि र स्वेदेशी वस्तु र उत्पादन बढाउने खालको भएको, मुसहरसहित विपन्न आवास तथा जमिन दिने व्यवस्था गरिएको उल्लेख गरे। सांसद नवीना लामाले महँगी अत्यधिक बढेको छ, शिक्षा र स्वास्थ्यमा विभेद देखिएको छ, सामाजिक सुरक्षामा भत्ता दिँदा विपन्न र पछाडि परेकालाई दिँदा अझ राम्रो हुनेथियो भनिन्।

सांसद नवराज रावतले कृषि क्षेत्रमा राम्रो बजेट आए तापनि किताबमा सीमित रहने र मल ल्याउने कुरामा बढी ध्यान दिनुपर्छ भने। सांसद राजबहादुर बुढाले शिक्षाजस्तो महत्वपूर्ण विषयमा बजेट घटेको र विज्ञान र प्रविधिलाई आफ्नो बनाउन सकिएन भने मुलुकको स्वाधीनता पछाडि पर्ने सुझाव राखे।

सांसद जगतबहादुर विश्वकर्माले शोषण, उत्पीडित र दलित समुदायलाई माथि उठाउन बजेटमा रकम छुट्याउन सुझाव दिए। सांसद रेखाकुमारीले महँगी बढेको तर बजेटमा महँगी घटाउने विषयमा कुनै पनि कार्यक्रम नभएको उल्लेख गर्दै गरिबलाई अझ गरिब र धनीलाई अझ धनी बनाउने बजेट आएको बताइन्।

सांसद शान्तिमाया पाख्रिन तामाङले सरकारले महत्वाकाङ्क्षी बजेटमा ल्याएको र कार्यान्वयन हुनेमा कठिनाइ देखिएको सुझाव दिइन्। सांसदहरु शान्ता चौधरी र आशाकुमारी विकले बजेटमा आन्तरिक पुँजी वृद्धि र युवालाई रोजगार दिने योजना भएको बताए।

प्रकाशित: १९ जेष्ठ २०७९ १३:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App