१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

टिभिएस ‘अपाचे औनर ग्रुप’ को मोटो यात्रा सम्पन्न

टिभिएसले आफ्ना ग्राहकका लागि अपाचे औनर ग्रुप निमार्ण गरी धादिङ गोर्खाबिच रिसोर्टसम्मको पहिलो यात्रा सम्पन्न गरेको छ। यात्रामा ३५ जनाको सहभागिता रहेको थियो।

अपाचे औनर ग्रुपमा सहभागिताको लागि २ सयभन्दा बढी आवेदन परेकोमा कम्पनीले ३५ जना आवेदकलाई मात्र चयन गरेको थियो। उक्त मोटो यात्रामा लोकप्रिय मोटो भल्गर विविध जङ्ग शाही लगायतका सहभागी रहेको कम्पनीले बताए। आवेदकहरू धेरै भएपछि कम्पनीले बागमती प्रदेशमा भएको संस्करणकोे लागि दर्ता गरेका बाँकी चालकहरूलाई भविष्यमा हुने अरू संस्करणमा सहभागि गराउने भएको छ।

यससँगै कम्पनीले गण्डकी प्रदेशमा पनि अपाचे औनर गु्रपको लागि दर्ता प्रकिया खुला गरेको छ। त्यस्तै कोसी, लुम्बिनी, महाकाली लगायतका स्थानमा पनि उक्त समूह खोल्ने बताइएको छ। 

प्रकाशित: १९ जेष्ठ २०७९ ०३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App