१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

दराजले गर्‍यो प्राउडली नेपाली अभियानको घोषणा

नेपालको अग्रणी अनलाइन बजार दराजले प्राउडली नेपाली–प्रमोटिङ नेपाली ब्राण्ड नामक आफ्नो नयाँ अभियानको घोषणा गरेको छ। कम्पनीको अनुसार, नेपाली ब्राण्डहरूलाई हाइलाइट र प्रवर्द्धन गर्ने यस अभियानको मुख्य लक्ष्य रहेको छ।

कम्पनीले प्राउडली नेपाली एक वान टाइम अभियान मात्र नभई दीर्घकालीन परियोजना भएको र वर्षभरि हरेक महिना जारी रहने बताएको छ। कम्पनीको प्रबन्ध निर्देशक आँचल कुँवरले आफ्नो प्रत्येक अपरेटिङ क्षेत्रहरूमा स्थानीयकरणमा ध्यान केन्द्रित गर्ने कम्पनीको विश्वव्यापी दृष्टिकोणलाई यो अभियानले थप मदत पुगेको बताए।

यसबाहेक यो अभियानले दराजसँग सम्बन्धित स्थानीय ब्रान्ड र बिक्रेताहरूलाई आफ्नो अनलाइन उपस्थिति बढाउन र आधुनिक डिजिटल युगमा सजिलैसँग व्यापार सञ्चालन गर्न प्रत्यक्ष सहयोग गर्ने प्रयास गर्दछ। यो अभियान मार्फत दराजले नेपाली ब्रान्डहरूलाई अनलाइनमा आफ्नो उपस्थिति र भिजिबिलिटी बढाउन र आफ्नो व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउन मदत गर्ने आशा राखेको कम्पनीले जानकारी दिएको छ।

फुलु, जुआस, सीजी डिजिटल, मन्त्र, गोल्डस्टार, यासुडा लगायतका उत्कृष्ट नेपाली ब्राण्डहरूको साथ यो अभियानले ग्राहकहरूलाई नेपाली ब्रान्डहरूको बारेमा थप जानकारी दिने अवसर प्रदान गर्ने कम्पनीको दृढ विश्वास रहेको छ। यसका साथसाथै यो अभियानले स्थानीय ब्रान्डहरूले अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू प्रदान गर्न नसक्ने औसत नेपाली उपभोक्ताको धारणालाई पनि परिवर्तन गर्न खोजेको कम्पनीले जनाएको छ।

प्राउडली नेपाली अभियानले त्यो विश्वासलाई परिवर्तन गर्न र ग्राहकहरूलाई नेपाली ब्रान्डहरूलाई समर्थन गर्न र उनीहरूका वस्तु तथा सेवाहरूको उपभोग गर्न प्रोत्साहन र उत्प्रेरित गर्न खोजेको कम्पनीको भनाइ छ।

प्रकाशित: १९ जेष्ठ २०७९ ०१:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App