२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

दूरसञ्चार सेवा शुल्क ३ प्रतिशत घट्यो

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत दूरसञ्चार सेवाशुल्क ३ प्रतिशतले कटौती गरेको छ। यसअघि दूरसञ्चार सेवाशुल्क बापत १३ प्रतिशत कर लाग्दै आइरहेको थियो। अहिले त्यो घटाएर १० प्रतिशतमा झारिएको छ। इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान) ले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी नेपाल सरकारले बजेट भाषण मार्फत कर सहुलियत–दूरसञ्चार सेवा शुल्क ३ प्रतिशत घटाएकोमा सरकारलाई धन्यवाद ज्ञापन गरेको छ।

सरकारले ३ प्रतिशत सेवाशुल्क घटाउँदा इन्टरनेटमा १७ रूपैयाँ कम हुने संघको प्रेस विज्ञप्तिमा उल्लेख छ। अहिले ग्राहकले इन्टरनेट शुल्क बापत ५ सय रूपैयाँ, दूरसञ्चार सेवाशुल्क बापत ६५ रूपैयाँ, मर्मतसम्भार बापत ५ सय रूपैयाँ र १३ प्रतिशत भ्याट बापत १३८.५ रूपैयाँ तिर्दै आइरहेका थिए।

सबै शुल्क सहित १२ सय ३ रूपैयाँ तिर्दै आइरहेका थिए। ग्राहकले नयाँ बजेटपछि इन्टरनेट शुल्क बापत ५ सय रूपैयाँ, दूरसञ्चार सेवा शुल्क बापत ५० रूपैयाँ, मर्मतसम्भार बापत ५ सय रूपैयाँ र १३ प्रतिशत भ्याटबापत १३६.५ रूपैयाँ गरेर कुल ११ सय ८६.५० रूपैयाँ तिर्नुपर्नेछ।

प्रकाशित: १८ जेष्ठ २०७९ ०२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App