१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

‘व्यापार व्यवसायको सफलताको आधार नेतृत्व क्षमता’

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले व्यापार व्यवसायको सफलताको आधार नेतृत्व क्षमता रहने बताएका छन्।

भक्तपुर चेम्बर अफ कमर्सको आयोजनामा आइतबार भएको एकदिने लिडरशिप तथा मोटिभेशनल तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै उपाध्यक्ष श्रेष्ठले कुनै पनि व्यापार व्यवसायलाई सफलतामा पुर्‍याउनु छ भने यी दुवै चिजको भूमिका महत्वपूर्ण हुने बताए।

यो व्यापार व्यवसाय सफल पार्ने मन्त्र मात्रै नभई जीवनलाई नै सार्थक बनाउन सुत्र पनि रहेको श्रेष्ठले सुनाए। कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेंकाजी मानन्धरले जिल्ला उद्योगी व्यवसायीहरुलाई अगाडि बढाउन सहयोग होस् भन्ने हेतले एकदिने तालिम दिएको सुनाए। भक्तपुर जेसिसको सहआयोजनामा तालिम भएको थियो। तालिममा ४० जनाको सहभागिता रहेको थियो।

प्रकाशित: १५ जेष्ठ २०७९ १२:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App