१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

संसदमा आगामी आर्थिक वर्षको बजेट पेश

सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश भएको छ।  

आज अपराह्न ४ बजे बसेको संयुक्त बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट पेश अनुमति दिएका थिए।

बैठकमा अहिले अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गरिरहनुभएको छ। यसअघि आजै बसेको मन्त्रिपरिषद् बैठकले आगामी आवको बजेट पारित गरेको थियो। प्रतिनिधिसभाको बैठकले शनिबार सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो। साथै आर्थिक सर्वेक्षण पनि सार्वजनिक भएको थियो।

प्रकाशित: १५ जेष्ठ २०७९ १०:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App