१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

बीआईआईमार्फत नेपालमा दश करोड अमेरिकी डलर लगानी

बेलायती सरकारको विकास सम्बन्धी वित्तीय संस्था ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्ट (बीआईआई) ले नेपालमा विभिन्न क्षेत्रमा १० करोड अमेरिकी डलरभन्दा बढी लगानी गरिसकेको जनाएको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उक्त जानकारी गराइएको हो। पहिले सिडिसी ग्रुपका रूपमा परिचित संस्थालाई हाल नाम परिवर्तन गरी बीआइआई बनाइएको छ।  

विगत चार वर्षदेखि नेपालमा लगानी गरिरहेको बीआईआईले सन् २०२० बाट औपचारिक रूपमा काम सुरु गरेको जनाएको छ। त्यसयता उक्त संस्थाले नेपालको आर्थिक विकास, रोजगारी सिर्जना लगायतका महत्वपूर्ण क्षेत्रमा लगानी गरिरहेको छ। ‘बिआईआई मार्फत नेपालमा १० करोडभन्दा बढी अमेरिकी डलर लगानी गरेको घोषणा गर्न पाउँदा गौरवान्वित भएको छु’– बीआइआईका सिइओ निक ओ डोनोहोइले भने।  

नाम परिवर्तनसँगै संस्थाले पाँच वर्षे रणनीतिमार्फत नेपालमा लगानीका अवसरहरू सिर्जना गर्नुका साथै यसले नवप्रवद्र्धन र डिजिटल रूपान्तरणमासमेत सहयोग पुग्ने जनाएको छ। यसका लागि संस्थाले इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्कमा पनि लगानी गरेको जनाएको छ। संस्थाले वल्र्डलिङ्कमा एक करोड २० लाख अमेरिकी डलर लगानी गरेको छ।  

संस्थाले कुल लगानीको ३० प्रतिशत क्लाइमेट फाइनान्समा लगानी गर्ने जनाएको छ। साथै नवीकरणीय ऊर्जाको उत्पादनमा पनि निरन्तर सहयोग गर्ने भएको छ। हाल माथिल्लो त्रिशुली परियोजनामार्फत जलविद्युत् क्षेत्रमा लगानी गरिरहेको संस्थाले जनाएको छ। उक्त कार्यक्रममा बोल्दै नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपालमा ‘दिगो आर्थिक विकास सहायता’ बेलायतको प्राथमिकतामा रहेको बताइन। बीआईआई मार्फत विभिन्न पाँच व्यापारिक क्षेत्र र एउटा कोषमा १० करोड अमेरिकी डलर लगानी गरिएको संस्थाले जनाएको छ।  

प्रकाशित: १३ जेष्ठ २०७९ ०१:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App