coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

मूल्यवृद्धिको विरोध गर्दै राप्रपाले बुझायो ज्ञापन पत्र

जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापनपत्र बुझाउँदै राप्रपा कास्कीका नेताहरु। तस्बिरः नागरिक

राष्ट्रिय प्रजातन्त्र पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध पोखरामा विरोध प्रदर्शन गर्दै ज्ञापन पत्र बुझाएको छ। पार्टीले जिल्ला प्रशासन कार्यालय कास्की र मुख्य मन्त्री कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयसमक्ष ज्ञापन पत्र बुझाउँदै विरोध जनाएको हो।  

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले बुधबार जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापन पत्र बुझाउँदै मूल्यवृद्धिको विरोध जनाएको छ। पार्टीले अत्यावश्यक पेट्रोलियम पदार्थ र खाद्यान्नमा भएको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने आवाज उठाएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीमा राप्रपाका जिल्ला अध्यक्ष नारायण गुरुङको नेतृत्वमा पुगेको टोलीले ज्ञापनपत्र बुझाउँदै सरकारले मूल्यवृद्धि समायोजन नगरे चरणबद्ध रुपमा आन्दोलन गर्ने चेतावनी समेत दिएको ज्ञापनपत्रमा उल्लेख गरेको जनाएको छ।

‘देश यसैपनि चरम आर्थिक संकट तर्फ उन्मुख भएको बेलामा जनताको ढाड सेक्नेगरि सरकारले नै मूल्यवृद्धि गर्नु कदाचित राम्रो काम होइन,’ अध्यक्ष गुरुङले भने, ‘हामीले तत्काल मूल्यवृद्धि रोक्नका लागि अपील गरेका हौँ। हाम्रो यो शान्तिपूर्ण दबाबलाई सरकारले तत्काल सम्बोधन गरोस् भन्ने हामी चाहन्छौँ।’ पार्टीले जनताको जीवनस्तर सहज बनाउनका लागि सरकारलाई दबाब दिने र मूल्यवृद्धि फिर्ता गर्न बाध्य बनाउन लागिरहने राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले बताए। सरकारले सही समयमा माग सम्बोधनको प्रयास नगरेमा आन्दोलनले अर्को रुप लिने उनले बताए।

बुधबार जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापन पत्र बुझाउने कार्यक्रममा पार्टीका गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङ, महासचिव बरुण विक्रम राणा, पोखरा महानगरका मेयर उम्मेदवार शंकर खराल, उपमेयर उम्मदेवार रञ्जना सेन पौडेल लगाएतको उपस्थिती रहेको थियो।  

राप्रपा कास्कीले मंगलबार मात्रै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै पोखरामा राँके जुलुस समेत निकालेको थियो। राँके जुलुस अमरसिंहचोकमा गरिएको प्रवक्ता गिरीले जानकारी दिए। यसैबीच बिहीबार पनि राप्रपा कास्कीले पोखरामा सडकमा मोटरसाइकल डोर्याएर विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको उनले बताए।

प्रकाशित: ११ जेष्ठ २०७९ १५:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App