नेपालका लागि विवाइडी अटो उद्योग कम्पनीको आधिकारिक वितरक साइमेक्स् इन्कले कलाकार हरिवंश आचार्यलाई ब्रान्ड एम्बेसडर बनाएको छ।
यसका लागि दुवै पक्षबीच जेठ ७ मा हस्ताक्षर गरिएको छ। आचार्यले सडकमा सफा सवारीहरूको संख्या बढाउने प्रयासमा सामेल हुन पाउँदा खुसी भएको बताए। उनले विद्युत् प्रयोग देशको अर्थतन्त्र र दिगोपनमा अत्यावश्यक हुने बताए।
पेट्रोलियम पदार्थको मूल्य निरन्तर अकासिएको बेला इन्धनको संकट, जलवायु र वातावरणीय समस्याको दीर्घकालीन समाधान भनेकै विद्युतीय उत्पादनको क्षमता र उपयोगलाई बढाएर दिगो भविष्यतर्फ अघि बढ्नु हो। कम्पनीको ब्राण्ड एम्बेसडर आचार्यका साथ नेपाललाई विद्युतीय बनाउन विद्युत् क्रान्ति गर्ने लक्ष्य संस्थाले राखेको जनाएको छ।
प्रकाशित: ११ जेष्ठ २०७९ ०६:१२ बुधबार