१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

नीति तथा कार्यक्रममा कर्णालीः सुर्खेतमा विमानस्थल, सिमकोटमा सडक पुर्‍याइने

सरकारले प्रदेश राजधानी सुर्खेतमा प्रादेशिक विमानस्थल निर्माणदेखि हिमाली जिल्ला हुम्लालाई आगामी आर्थिक वर्षभित्र राष्ट्रिय सडक सञ्जालसँग जोड्ने विषय नीति तथा कार्यक्रममा समेटेको छ। मंगलबार संघीय सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सुर्खेतको भेरीगंगा नगरपालिका नगरपालिकामा प्रादेशिक विमानस्थल निर्माण सुरु गरिने जानकारी दिइन्।

प्रदेश राजधानी वीरेन्द्रनगरमा विमानस्थल भएपनि ठूला जहाजहरु अवतरण नहुँदा सुर्खेत–काठमाडौं यात्राका लागि यात्रुहरुले महंगो भाडा तिर्नुपर्ने बाध्यता छ। सोमबार सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भेरीगंगा नगरपालिकाको रामघाटमा प्रादेशिक विमानस्थल निर्माणका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको बताएका थिए।

नीति तथा कार्यक्रममा राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लालाई आगामी आर्थिक वर्षभित्र जोड्ने उल्लेख छ। हुम्ला सदरमुकाम सिमकोट जोड्का लागि कर्णाली करिडोर अन्तर्गतको सल्लीसल्ला खण्डमा ८ किलोमिटर सडकको ट्याक खोल्न बाँकी छ। सरकारले सडकको ट्याक खोल्नका लागि नेपाली सेनालाई जिम्मा दिएको छ। आठ किलोमिटर सडकको ट्याक खुले चीनको सीमासम्म सडकमार्गबाट पुग्न सकिन्छ।

नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षभित्र भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको हेडवक्र्स र पावरहाउस निर्माण सम्पन्न गर्ने उल्लेख छ। राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनामा नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टीवीएम)मार्फत १२.२ किलोमिटर सुरुङ निर्माण गरिएको थियो। नीति तथा कार्यक्रममा कर्णाली करिडोरको स्तरोन्नति गर्ने उल्लेख छ।

प्रकाशित: १० जेष्ठ २०७९ १३:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App