२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

मूल्यवृद्धिविरुद्ध भक्तपुरमा प्रदर्शन

सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सोमबार भक्तपुरमा विरोध जुलुश तथा सभा गरिएको छ। नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल क्रान्तिकारी युवा संघ भक्तपुरले संयुक्त रुपमा प्रदर्शन तथा सभा गरेको हो।

जुलुश भक्तपुर नगरको पूर्वमा रहेको कमलविनायकबाट सुरु गरिएको थियो। जुलुश कमविनायकबाट च्याम्हासिंह, सूर्यमढी, दतात्रय, इनचो, गोल्मढी, सुकुलढोका हुँदै टौमढीमा पुगेको थियो। त्यहाँबाट पुनः गहिटी, रामन्दिर हुँदै सूर्यविनायकमा पुगेर जुलुश सभामा परिणत भएको थियो।  

सभामा नेपाल मजदुर किसान पार्टी भक्तपुरका अध्यक्ष एवं प्रदेश सांसद सुरेन्द्रराज गोसाई, नेपाल क्रान्तिकारी युवा संघ भक्तपुरका अध्यक्ष मीनबहादुर बाटा, नेपाल क्रान्तिकारी विद्यार्थी संघ भक्तपुरका अध्यक्ष विमल सुवाललगायतले तत्काल मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन चर्काउने बताए।

सरकारले आइतबार मात्रै पेट्रोल, डिजेलमा प्रतिलिटर दस/दस रुपैयाँ र ग्यासमा प्रतिशिलिण्डर दुई सय रुपैयाँ मूल्य बढाएको थियो। एकै हप्तामा गरिएको यो तेश्रो मूल्यवृद्धि थियो। यसअघि प्रतिलिटर दुई रुपैयाँ बढेको थियो भने त्यो भन्दा अगाडि पनि दस/दस रुपैयाँ प्रतिलिटर बढाइएको थियो।

प्रकाशित: ९ जेष्ठ २०७९ १३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App