१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सिद्धार्थ बैंकलाई अवार्ड

सिद्घार्थ बैंक बेस्ट अपरेसन्स बैंक इन साउथ एसिया २०२१ अवार्डबाट सम्मानित भएको छ। विश्व बैंक समूहको सदस्य आइएफसीद्वारा आयोजित १० औं ग्लोबल ट्रेड अवार्डमा सिद्धार्थले यो उपाधि प्राप्त गरेको हो।

आइएफसीको ट्रेड फाइनान्स कार्यक्रम अन्तर्गत ५ सय साझेदार बैंकहरूको प्रतिस्पर्धात्मक प्रक्रियाको आधारमा विभिन्न विधाहरूमा ४८ विजेता छनोट गरिएको थियो। यसमध्ये सिद्धार्थले यो अवार्ड प्राप्त गरेको हो।

आइएफसी अन्तर्गत रहेका नेटवर्क बैंकहरूमध्ये आफ्ना ग्राहकलाई सरल र सहज ढंगले उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै सिद्धार्थ एउटा सक्रिय साझेदार बैंकको रूपमा प्रस्तुत हुन सफल भएको हो।

उक्त अवार्ड गत शुक्रबार भएको कार्यक्रममा आईएफसीका तर्फबाट बंगलादेश, भुटान र नेपालका लागि कन्ट्री म्यानेजर मार्टिन होल्टम्यानले बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेललाई हस्तान्तरण गरे। ग्राहकप्रतिको प्रतिबद्धतालाई यो अवार्डले थप मजबुत बनाउने र आगामी दिनमा अझ उच्चस्तरीय सेवा प्रदान गर्न प्रेरित गरेको बैंकले जनाएको छ।

बैंकले देशभर १९० वटा शाखा (४ एक्सटेन्सन् काउन्टर सहित), ११४ शाखारहित बैंकिड सेवा र १,५०० भन्दा बढी पिओएस् मेसिन मार्फतसेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: ९ जेष्ठ २०७९ ०२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App