४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आज शेयर बजार ८५ अंकले घट्यो

शेयर बजार परिसूचक नेप्से ८४ दशमलव नौ अंकले घटेर दुई हजार २ सय ६५ दशमलव ५२ विन्दुमा झरेको छ।

आज विकास बैंक, बीमा, उत्पादन र अन्य समूहको शेयर उच्च अंकले ओरालो लागेको छ। दुई सय २१ वटा कम्पनीका ३५ लाख ९५ हजार कित्ता शेयर एक अर्ब ६४ करोड ४० लाख रुपैयाँमा कारोबार भएका छन्।

सबैभन्दा धेरै जाल्पा लघुवित्तको नौ करोड ७९ लाख रुपैयाँको शेयर किनबेच भयो। युनाइटेड इन्सुरेन्स, लुम्बिनी जनरल इन्सुरेन्स र सूर्योदय ओमी लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ भने सामुदायिक लघुवित्त कम्पनीको शेयर पाँच प्रतिशतले बढेको छ।

प्रकाशित: ३ जेष्ठ २०७९ १२:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App