१६ चैत्र २०८० शुक्रबार
अर्थ

१३६ औं वार्षिकोत्सव मनाउँदै कोकाकोला

कोकाकोला कम्पनीले वार्षिकोत्सव मनाएको छ। ८ मे १८८६ मा जर्जियाको डाउनटाउन एटलान्टा स्थित एक सोडा फाउन्टेनबाट सुरु भएको कोकाकोलाले आफ्नो १३६ औं वार्षिकोत्सव मनाएको हो।

कोका–कोला, कोका–कोला जेरो सुगर, फ्यान्टा, स्प्राइट र किन्ले लगायतका पेय पदार्थहरू उत्पादन गर्दै आएको कोका–कोलाले नेपालमा करिब ५ दशकअघि बालाजुको बोटलर्स नेपाल लिमिटेड र भरतपुरको बोटलर्स नेपाल तराई लिमिटेडबाट प्लान्ट स्थापना गरी आफ्नो व्यवसाय सञ्चालन गरेको थियो।

यसै सिलसिलामा कोका–कोलाले सन् २०१९ मा सबै भन्दा सानो र पोर्टेबल कान्छु प्याक लञ्च गरेको थियो। नेपाली उपभोक्ताहरूसँग आफ्नो सम्बन्ध आत्मीय बनाउन प्याकको लोगो पनि नेपालीमै छापिएको कम्पनीले बताएको छ। त्यस्तै विश्वव्यापी रूपमा सञ्चालन गरिएको कोक एन्ड मिलको नेपाली संस्करणको रूपमा मोःमोत्सव पनि विगत ७ वर्षदेखि नेपालमा सञ्चालन गर्दै आइरहेको छ।

प्रकाशित: ३० वैशाख २०७९ ०७:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App