१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

मुक्तिनाथ विकास बैंकको सीईओमा पुन: पोखरेल नियुक्त

मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः प्रद्युमन पोखरेल दोहोरिएका छन्।

मंगलबार बसेको बैंकका सञ्चालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको हो। उनले यसअघि १ जेठ २०७५मा बैंकको सीईओको जिम्मेवारीमा पाएका थिए। उनको दोस्रो कार्यकाल आगामी जेठ १ गतेबाट लागू हुनेछ।

विगत तीन दशक भन्दा धेरै बैंकिङ्गको क्षेत्रमा अनुभव रहेको पोखरेलले नबिल बैंक, मेगा बैंक नेपालमा उच्च स्थानको नेतृत्वमा विभिन्न जिम्मेवारी सम्हालेका थिए।

१९ मंसिर, २०७३देखि उनी मुक्तिनाथ विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत भएर प्रवेश गरेका थिए। हाल सीईओ पोखरेल डेभलपमेन्ट बैंकर्स असोसिएसन नेपालका अध्यक्ष समेत रहेका छन्।

प्रकाशित: २१ वैशाख २०७९ ०७:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App