१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

महालक्ष्मी बैंकअब भद्रपुर रोडमा

महालक्ष्मी विकास बैंकको विर्तामोड शाखा भद्रपुर रोडमा स्थानान्तरण गरिएको छ एक कार्यक्रम गरी मंगलबारदेखि शाखा सञ्चालनमा ल्याइएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय र झापा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले शाखाको उद्घाटन गरेका थिए।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकले ग्राहकको आवश्यकता हेरेर त्यही अनुसारको सेवा दिने बताए। उनका अनुसार यो शाखाबाट सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा कर्पोरट व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य बैंकले राखेको छ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवा छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा दिने शाखा प्रबन्धक भरतप्रसाद खतिवडाले जानाकारी दिए। बैंकले मुलुकभर कुल १ सय ३ वटा शाखामाार्फत करिब ६ लाख ग्राहकलाई वित्तीय सेवा दिएको जनाएको छ ।

प्रकाशित: २१ वैशाख २०७९ ०२:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App