२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बंगलादेश बैंक र होटलबीच ग्राहकलाई छुट दिने समझदारी

नेपाल बंगलादेश बैंकको औपचारिक विद्युतीय भुक्तानी प्रणालीबाट भुक्तानी गर्ने ग्राहकहरूलाई विशेष छुट दिइने भएको छ। यस्तो समझदारी नेपाल बंगलादेश बैंक र नेपालीरिका होटल प्रालिबीच भएको हो।

दुवै बीच भएको समझदारीपत्रमा आफ्ना सम्पूर्ण युनिटहरूबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गरिने उल्लेख गरिएको छ। यसअन्तर्गत नेपाल बंगलादेश बैंकको डेबिट तथा क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर भुक्तानी प्रणाली लगायतका बैंकका विद्युतीय भुक्तानी च्यानलहरू प्रयोग गरी भुक्तानी हुने नेपालीरिका होटलका सेवाहरूमा आकर्षक छुट प्रदान गर्ने बताइएको छ।

समझदारी अनुरूप त्यसरी हुने कारोबारहरूमा फुड एण्ड बेभरेज सेवामा १० प्रतिशत र रूम सेवामा १५ प्रतिशतको नगद छुट प्रदान गरिने उल्लेख गरिएको छ। होटलले विषेश छुट प्रदान गरी ९९ हजार ९ सय ९९ मा वार्षिक सदस्यता प्रदान गर्नेछ। वार्षिक सदस्यताअन्तर्गत वर्षभरि ५ वटा डिलक्स रुम, निःशुल्क स्विमिङ पुल, निःशुल्क सौना, स्टिमबाथ र जिमसेवा तथा होटलका सम्पूर्ण रेस्टुरेन्टहरूमा १० प्रतिशतको छुट प्राप्त गर्न सकिनेछ।  

प्रकाशित: १५ वैशाख २०७९ ०३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App