२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

सोल्टी होटलद्वारा किओच-काठमाडाैं बाल अस्पतालका लागि पच्चिस लाख सहयोग

सोल्टी होटलले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले  काठमाडाैंमा सञ्चालन गर्ने किओच–काठमाडाैं बाल अस्पतालका लगि पच्चिस लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। होटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त बाल अस्पताल भवन निर्माणका लागि आंशिक सहयोग प्रदान गरेको हो।

सोमबार होटलमा आयोजित एक कार्यक्रमबीच होटलका अध्यक्ष दिनेश विष्टले  र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालालाई सहयोग रकम हस्तान्तरण गरे।

सोल्टी होटलले आफ्नो सामाजिकउत्तरदायित्वअन्तर्गत समाज सेवाका विभिन्न कार्यमा सहयोग गर्दै आइरहेको होटलका अध्यक्ष बिष्टले समाजपयोगी यस कार्यमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थसँग सहकार्य गर्न पाउँदाअत्यन्तै खुसी लागेको बताए। उनले कोभिड–१९ महामारीको अवस्थाबाट सिकेर गुणस्तरिय बाल अस्पतालको ठूलो लगानीको आवश्यकतामहशुस भएको बताउँदै अस्पताल निर्माणमाबाट आगामीदिनमा नेपालका सहज र सुलभ बाल स्वास्थ्य सेवाउपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

इन्स्टिच्युटका अध्यक्ष डा. कोइरालाले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले बालबालिकामा हुने जटिल र गम्भीर रोगको उपचार सहजएवं सुलभ बनाउने उद्देश्यले काठमाडौंको बूढानीलकण्ठमा बहु विशिष्टिकृत अस्पताल तथा बाँकी अन्य प्रदेशहरुमा पनि सोही प्रकृतिको सेटलाइट अस्पतालहरु सञ्चालन गर्न गइरहेको उनले बताए। 

काठमाडाैंमा बाल अस्पताल निर्माणको कार्य सुरू भएको र प्रदेश १ को दमकमा यस इन्स्टिच्युटको पहिलो अस्पताल निकट भविष्यमा सञ्चालन हुन गइरहेको जानकारी दिए। डा.कोइरालाले  होटलले गरेको उक्त सहयोगले भावी पुस्ताको स्वास्थ्यका निमित्त महत्वपूर्ण भुमिका खेल्ने जनाउँदै  होटललाई धन्यवाद ज्ञापन गरे।

प्रकाशित: १३ वैशाख २०७९ ०५:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App