२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बसाइँसराइ र शहरीकरणकाे डरलाग्दो रुप भइसक्याे: झाँक्री

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बसाइँसराइ र शहरीकरण डरलाग्दो रुपमा बढीरहेको बताएकी छन्।

उनले बसाइँसराइ एक किसिमले अवसर भए पनि त्यसलाई सदुपयोग गर्न नसकेको बताईन्। मन्त्री झाँक्रीले काठमाडौंमा सार्वजनिक ठाउँहरु अतिक्रमिण र दोहन भइरहेको भन्दै त्यसलाई रोक्ने बारेमा गहन छलफल हुन आवश्यक रहेको पनि बताईन्।

मन्त्री झाँक्रीले भनिन्, ‘अहिले हाम्रो लागि बसाइँसराइ र शहरीकरण डरलाग्दो विषय हो। तर यो अवसर पनि हो। अवसरलाई हामीले कसरी सदुपयोग गर्दछौँ भन्ने कुरा पनि आवश्यक छ। २०७८ को तथ्यांक हेर्दा पहाडबाट बसाइँसराइ हुने र तराईबाट पनि काठमाडौं लगायतका शहरमा बसाइँसराइ गर्ने सम्भावना बढीरहेको छ। तर यसलाई कसरी सदुपयोग गर्ने भन्ने कुरा हो। यसलाई अवसरको रुपमा प्रयोग गर्दै हामी अब लामो समयको लागि काम गर्न तयार हुनुपर्छ।'

'अबको संघीय सरकारले नगरपालिकाहरुमा गर्ने काम कसरी गर्छौं। यो ग्राण्ट हो वा इन्भेष्टमेण्ट ? शहरी विकास धेरै नै क्रस कटिङ इस्यू रहेछ। सुरक्षाको, डिजास्टरको क्षेत्रबाट। हामीले यति सानो गल्लीहरु बनाएका छौँ, टुँडिखेलबाहेक कतै खाली ठाउँ छैन। टुँडिखेलमा पनि नौ फिटका ठूला रेलिङ लाएका छौँ, सर्वसाधारणलाई अनुमति नै छैन। साना साना पार्कहरुमा सार्वजनिक जमीनको यति ठूलो अतिक्रमण र दोहन छ, सार्वजनिक क्षेत्रको अतिक्रमणलाई कसरी रोक्ने ?यो हाम्रो लागि असाध्यै चुनौति छ।’

प्रकाशित: २९ चैत्र २०७८ ०९:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App