१० असार २०८१ सोमबार
image/svg+xml
अर्थ

‘नेपाल लगानी सम्मेलन–२०२२’ सम्पन्न

जानकी ग्लोबल फाउण्डेशन र नेपाल फिलिपिन्स चेम्बर अफ कमर्शको आयोजनामा राजधानीमा आयोजित दुई दिने ‘नेपाल लगानी सम्मेलन–२०२२’ सोमबार सम्पन्न भएको छ। भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आइतबार सुरु भएको सम्मेलनले नेपालमा लगानीको चेतना अभिवृद्धि र वित्तीय साक्षरता अभिवृद्धि गर्ने अपेक्षा गरेको छ।  

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई लगानीमा उत्कृष्ट अवसरहरू खोजेर नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने सम्मेलनको उद्देश्य हो। सफल नेपाली लगानीकर्ताका अनुभव र विचारहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजक जानकी ग्लोबल फाउण्डेशनकी फाउण्डर जानकी गुरुङले बताइन्।

यस्ता सम्मेलन नेपालमा लगानी भित्र्याउन कोसेढुंगा साबित हुने बताउँदै उनले नेपालको ऊर्जा, पर्यटन, पूर्वाधार, कृषि लगायतका क्षेत्रमा लगानीको अधिक सम्भावना रहेको बताइन्।  

नेपाल रिपब्लिक मिडिया प्रालिका निर्देशक शोभा ज्ञवालीले आन्तरिक खपतका लागि अत्यावश्यक वस्तुका निम्ति विदेशी मुद्रा खर्चेर समान ल्याउनुपर्ने अवस्था कम गर्नु पर्ने बताइन्। यसका लागि अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने उत्पादनमा जोड दिन आवश्यक रहेको उनले सुनाइन्।  

सम्मेलनमा बंगलादेश, मस्को, यूके लगायतका विभिन्न स्थानबाट समेत प्रतिनिधिले भर्चुअल रूपमा लगानी सम्मेलनबारे आफ्नो धारणा राखेका थिए।

प्रकाशित: २८ चैत्र २०७८ १३:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App