२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

गुणस्तरीय उत्पादनमा हुलास स्टील इण्डस्ट्रिजको जोड

नेपाली स्टिल इण्डस्ट्रिजमा सबैभन्दा अग्रणी, विश्वासिलो एवम् लोकप्रिय कम्पनी हुलास स्टिल इण्डस्ट्रिजले अत्याधुनिक प्रविधिको प्रयोग गरी विभिन्न गुणस्तरीय उत्पादनहरू मार्फत आधुनिक विकासको लागि महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको छ।

प्राकृतिक विपत्तिहरूबाट हुने भौतिक क्षति न्यून गराउन तथा आधुनिक, वैज्ञानिक एवम् व्यवस्थित निर्माणलाई प्रोत्साहन गर्न हुलास स्टिलले विभिन्न गुणस्तरीय सामग्रीहरू उत्पादन गर्दै आइरहेका छन्। वैज्ञानिक निर्माणलाई सधैं प्राथमिकतामा राख्ने गोल्छा अर्गनाइजेसनद्वारा सन् २०२१ मा दिवाकर गोल्छा कर्पको स्वामित्वमा नेपालको पहिलो पिइबी (प्रि–इञ्जिनियर स्टिल विल्डिङ्स) को उद्यम गर्ने संस्थाको रूपमा हिप्को इन्फ्रा स्थापना भएको हो।

यस संस्थाले पिइबी अवधारणा अन्तर्गत रहेर आधुनिक, वैज्ञानिक एवम् सुरक्षित रूपमा गुणस्तरीय निर्माण मार्फत ग्राहक वर्गलाई सेवा, सुविधा प्रदान गर्दै आइरहेको छ। हिप्को इन्फ्राले नवीनतम प्रविधि र अन्तर्राष्ट्रिय मान्यता प्राप्त सफ्टवेयर मार्फत हाल नियमित रूपमा मध्यमदेखि ठूलाठूला परियोजनाहरू जस्तै व्यावसायिक भवन, रेसिडेन्टल, वेयरहाउस, पोल्ट्री, शोरुम, स्टोर तथा अन्य थुप्रै संरचनाहरूको गुणस्तरीय निर्माण गर्दै आइरहेको छ।

प्रकाशित: २८ चैत्र २०७८ ०५:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App