१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

प्रेस युनियनको भवन बनाउन प्रसाईंले दिए जग्गा

नेपाल प्रेस युनियन सुनसरीको भवन निर्माणका लागि कांग्रेस नेता, इटहरी निवासी रोहित प्रसाईंले जग्गा दिएका छन्।

सोमबार बिहान एक कार्यक्रमका बीच प्रसाईंले जग्गाको धनीपुर्जा हस्तान्तरण गरेका हुन्। प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीलाई उनले जग्गाको धनीपुर्जा हस्तान्तरण गरेका छन्। धनीपुर्जा हस्तान्तरणपछि कार्यक्रममा बोल्दै कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका प्रसाईंले भने– ‘प्रेस युनियनका अध्यक्षले हाम्रा गतिविधि हाम्रै भवनमा सञ्चालन गर्छौं, सहयोग गरिदिनुहोस् भनेर भनेकाले मैले बोलेको हुँ।’

उनले भवन निर्माणको काम तुरुन्तै अगाडि बढाएर चाँडै निर्माण गरिसक्नुपर्ने बताए। आफूले मन जितेर जग्गा दिएका कारण चाँडै भवन निर्माण गर्न सुझाव दिए।

प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले देशका ७७ जिल्लामध्ये चितवनमा मात्रै युनियनको भवन रहेकाले अब सुनसरीमा भवन निर्माण हुने बताए। उनले भने, ‘नक्सा बनाउने काम भइरहेको छ, दुईवर्षभित्रमा भवन सक्ने गरी काम सुरु गर्छौं ।’ उनका अनुसार नेपाली कांग्रेस इटहरी नगरपालिकाको मेयरका प्रत्याशी समेत रहेका प्रसाईंले इटहरी १७ स्थित पूर्व–पश्चिम राजमार्गको मुख्य हाइवेमा साढे ६ धुर जग्गा प्रदान गरेका हुन्।

साथै सोही कार्यक्रमको अवसरमा भवन निर्माणका लागि होटल व्यवसायी संघ इटहरीको तर्फबाट अध्यक्ष जीवन पराजुलीले २५ बोरा सिमेन्ट, उद्योग वाणिज्य संघ इटहरीका सदस्य नवराज काफ्लेले ५१ हजार बराबरको इट्टा, रोटरी क्लबकी अध्यक्ष सबिना कोइराला (शोभा) ले २१ हजार नगद, कांग्रेस नेता श्याम रिजाल र गोकुल प्रसाईंले २५–२५ बोरा सिमेन्ट सहयोग गर्ने घोषणा गरेका छन्।

प्रकाशित: २२ चैत्र २०७८ ०२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App