coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

गेट सेट गोदरेज योजना सार्वजनिक

रेफ्रिजेरेटर ब्राण्ड गोदरेजले यो नयाँ वर्षलाई लक्षित गरी गेट सेट गोदरेज नामक योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत गोदरेजको  होम एप्लायन्सको खरिदमा आकर्षक क्यासब्याक र उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

योजना अन्तर्गत हरेक गोदरेजको सामानको खरिदमा २१ प्रतिशतसम्मका छुट र आकर्षक उपहारहरू पाउन सकिने छ। फ्रण्ट लोड वासिङ मेसिनको खरिदमा आकर्षक छुटको साथै ६ केजी एरियल वासिङ पाउडर र टप लोड वासिङ मेसिनको खरिदमा आकर्षक छुटको साथै दुई केजी एरियल वासिङ पाउडर पनि पाउन सकिनेछ। त्यस्तै माईक्रोवेभ ओवनमा आकर्षक छुटको साथै कुकिङ किट उपहार पाउन सकिनेछ। त्यस्तै गरी रेफ्रिजेरेटर, एअर कुलर, छोटुकुल, चेस्ट फ्रीजर, एसी र भाईरोसिल्डको खरिदमा पनि आकर्षक छुट पाउन सकिने कम्पनीले जनाएको छ।

साथै एसीमा आकर्षक छुट र चार हजार रूपैयाँ बराबरको निःशुल्क एसी जडान सुविधा पाउन सकिनेछ। यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेसन एन्ण्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ।नेपाल अधिराज्यभर गोदरेजको ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ।

प्रकाशित: २१ चैत्र २०७८ ०३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App