१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

ब्लाक प्लस डेकरको विग डिलाइट योजना सार्वजनिक

अमेरिकन ब्राण्ड ब्लाक प्लस डेकरले नयाँ वर्ष (वि.सं. २०७९) लाई लक्षित गरी विग डिलाइट योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ब्लाक प्लस डेकरको साना होम एप्लायन्सको खरिदमा विभिन्न आकर्षक उपहारहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

ग्राहकले ब्लाक प्लस डेकरको एअर ह्युमिडिफायरको खरिदमा एभरेष्ट अरोमाको अरोमा किट (ओएल) निःशुल्क प्राप्त गर्न सक्नेछन् भने माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट निःशुल्क प्राप्त गर्न सक्नेछन्।

त्यस्तै, ब्लाक प्लस डेकरको अरू सबै सामानको खरिदमा ब्लाक प्लस डेकरको गुणस्तरीय किचेन एपरोन निःशुल्क प्राप्त गर्न सकिने जारी विज्ञप्तिमा उल्लेख छ। ब्लाक प्लस डेकरको आकर्षक उपहार योजनाका साथै आफ्ना सबै सामानहरूमा आकर्षक छुट पनि दिइएको कम्पनीले जनाएको छ।

अन्तरराष्ट्रिय ब्राण्ड ब्लाक प्लस डेकरका उत्पादनहरू टिकाउ र भरपर्दो रहेको र यी उत्पादनहरूको प्रयोगले उपभोक्ताहरूको जनजीवन सहज भइरहेको र ब्लाक प्लस डेकरले प्रविधिको क्षेत्रमा नवीनता र आयम थप्दै आफ्नो सुरुका दिनदेखि नै नेपाली बजारमा लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले दाबी गरेको छ। ब्लाक प्लस डेकर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेको छ।

प्रकाशित: २० चैत्र २०७८ ०२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App