१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

दरबारमार्गमा नेपाली नयाँ वर्ष २०७९ मनाइने

नेपाली नयाँ वर्ष २०७९ को अवसरमा काठमाडौंको सडकमा महोत्सव हुने भएको छ।

कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरुत्थानका लागि सहकार्यः ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ काठमाडौंको दरबारमार्गमा नेपाली नयाँ वर्ष २०७९ को अवसरमा महोत्सव हुन लागेको हो।

नेपाल उद्योग वाणिज्य महासंघ, रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डले एनसेलसँगको सहकार्यमा संयुक्त रुपमा वैशाख ३ गते शनिबारका दिन महोत्सवको १५ औं संस्करण आयोजना गर्न लागेको हो।

बिहीबार पत्रकार सम्मलेन गरी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्‍याउने र नेपाली उत्पादन, परिकार र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको जानकारी दिए। उनले महोत्सवमा सातै प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरुको प्रस्तुती गर्नुका साथै सांगीतिक प्रस्तुति हुने पनि बताए। यसका साथै, विभिन्न नेपाली खानाको परिकारहरु र नेपाली उत्पादनको स्टल प्राथमिकता साथ राखि महोत्सवको आयोजना हुने पनि बताए।

महासंघका अध्यक्ष गोल्छाले महोत्सवमा करिब ६० वटा स्टल रहने र महोत्सव क्षेत्रमा वालवालिका लागि छुट्टै किडस् जोनको व्यवस्था गरिएको समेत जानकारी दिए। नेपाली नयाँ वर्षको अवसरमा हरेक वर्ष दरबारमार्ग क्षेत्रमा महोत्सव आयोजना गर्दै आइएको छ।

प्रकाशित: १७ चैत्र २०७८ १४:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App