भक्तपुरमा मंगलबार बजार अनुगमन गरी म्याद नाघेका खाद्य वस्तुहरु नष्ट गरिदिएको छ। भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा नगरका ज्ञानकुञ्ज र दुधपाटीमा १० वटा खाद्य पसल अनुगमन गरी म्याद नाघेका वस्तुहरु जफत गरी नष्ट गरिदिएको जनाइएको छ।
अनुगमनमा सिद्ध पोखरी किराना पसलमा म्याद नाघेको सामानहरु छुट्याएर छुट्टै राख्न, म्याद नाघेको सामानहरु नेष्टलेको एभरिडे दूध १ पाकेट, छोटे छोटे मिनी पापड ३ पाकेट, शक्ति ध्यु ३ पाकेट, पैचो मिक्स अचार १ पाकेट, आलु भुजिया १ पाकेट, म्याजिक मसल १ पाकेट जफत गरी नष्ट गर्न निर्देशन दियो।
सुनिल स्टोरमा साइनबोर्ड राख्न, मूल्यसूची राख्न, प्याकेजिग सामानहरु खाद्यको आनुज्ञा पत्र लिई लेवल राखी मात्र विक्रीवितरण गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न निर्देशन दियो।
एस स्टोर किरान पसलमा दर्ता भएकोले मिनीमार्टमा अपडेट गर्न, तराजु नापतौल विभागमा नावीकरण गर्न, मूल्यसूची राख्न, प्याकेजिग सामानहरु खाद्यको आनुज्ञा पत्र लिई लेवल राखी मात्र विक्रीवितरण गर्न, जगदम्बा धनिया धुलोमा लेबलमा म्याद नाध्ने मिति नभएको ६ पाकेट र म्याद नाघेको सामानहरु उपकार टिमुर ३ पाकेट, ट्रिकर च्वाइस विस्कुट ९ पाकेट, २०२० कुकिज विस्कुट ठूलो ९ पाकेट र सानो ९ पाकेट जफत गरी नष्ट गरियो।
भाजु पोखरी किरान पसल दर्ता नवीकरण गर्न, मूल्यसूची राख्न, साइनबोर्ड राख्न निर्देशन दियो भने नसाः छें पसल दर्ता नभए तीन दिनभित्र दर्ता गर्न र दर्ता भए प्रमाणपत्र पसलमा सबैले देखिने गरी राख्न निर्देशन दियो। साथै उषा व्यूटिपार्लर दर्ता नभएकोले त्यहीं दर्ता गराइयो। सिद्धपोखरी कफी एण्ड वेकरी हाउसलगायत पसल अनुगमन गरिएको वडा निरीक्षक.रामकृष्ण प्रजापतिले बताए।
अनुगमनमा अनुगमन समितिका सदस्यहरु हरिराम सुवाल, रोशनमैया सुवाल, भनपा श्यानिटेशका नगर निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, कर शाखाका अर्जन खाइतु, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरीक्षक दिपक भारती, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, उद्योग बाणिज्य संघका राजु त्वानाबासू, घरेलु तथा साना उद्योग संघका लक्ष्मीप्रसाद कवाको सहभागिता रहेको जनाइयो।
प्रकाशित: १५ चैत्र २०७८ १२:४१ मंगलबार