२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

जीएम मोडुलरको डिलर साझेदार सम्मेलन

इलेक्ट्रिकल स्विच र होम अटोमेसनमा भारतका शीर्ष कम्पनी मध्ये एक जीएम मोड्युलरले नेपालमा पहिलो डिलर साझेदार कार्यक्रम आयोजना गरेको छ।

जीएम मोडुलर अग्रणी भारतीय विद्युतीय स्विच र घरायसी ब्रान्ड मध्ये एक हो। जसले धेरै एशियाली, युरोपेली र अफ्रिकी देशहरूमा अत्यधिक लोकप्रियता हासिल गरेको जनाइएको छ। नयाँ पुस्ताका स्विचहरू, होम अटोमेसन, ब्लुटुथ म्युजिक प्लेयरहरू, गृह सुरक्षा उत्पादन, स्विचगियर र एलईडी लाइटिङ र ल्युमिनेयरमा नयाँ आविष्कार र सहायक उपकरणका साथ जीएमले उत्पादनलाई नयाँ पहिचान दिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

सम्मेलनले नेपालभरका डिलर साझेदारबाट अत्यधिक राम्रो प्रतिक्रिया पाएको कम्पनीको दाबी छ। उक्त सम्मेलनमा स्विच, स्विचगियर, तार र केबल, एलईडी, होम अटोमेसन, फ्यान र उपकरणहरूबाट जीएम मोड्युलरको उत्पादनको पनि प्रर्दशनी गरिएको छ।

प्रकाशित: १४ चैत्र २०७८ ०३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App