२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

प्रियदर्शिनी लाइफटाइम एचिभमेन्ट अवार्ड रिजाललाई

प्रतिष्ठित इन्दिरा गान्धी प्रियदर्शिनी लाइफटाइम एचिभमेन्ट अवार्ड नेपालस्थित दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजाललाई प्रदान गरिएको छ।

नेपालको महिला व्यापार समुदायमा नवीन योगदान पुर्‍याउन प्रयास गर्ने धेरै राष्ट्रिय र क्षेत्रीय संस्थाहरूमार्फत उनको उल्लेखनीय उद्यमशीलता यात्राको कदर गर्दै रिजाललाई भारतका लघु, साना तथा मझौला उद्योगमन्त्री नारायण तातु राणेले बिहीबार नयाँ दिल्लीमा प्रदान गरिएको हो।

सन् १९९५ मा स्थापना भएको अवार्ड लघु, साना तथा मझौला उद्योग मन्त्रालय, साना उद्योग निगम, भारतीय साना उद्योग विकास बैंक, महिला तथा बाल कल्याण विभाग र भारतीय महिला उद्यमी महासंघ अन्तर्गत स्थापना भएको थियो। सार्क देशका महिला उद्यमशीलता प्रवद्र्धनमा उत्कृष्ट महिला उपलब्धि हासिल गर्नेलाई दिइन्छ। आफ्नो देशमा उत्कृष्ट उपलब्धि हासिल गर्ने सयभन्दा बढी महिलालाई यस प्रतिष्ठित पुरस्कारले सम्मानित गरिएको छ।

प्रकाशित: १२ चैत्र २०७८ ०५:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App