१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

जनकपुरधाम-पोखरा नियमित उडान सुरु

जनकपुरधाम विमानस्थल।

सातामा तीन दिन उडान हुनेगरि सुरु भएको जनकपुरधाम–पोखरा उडान बिहीबारदेखि नियमित हुने भएको छ। यात्रुको चाप बढेपछि जनकपुर–पोखरा दैनिक उडान हुन लागेको हो। यसअघि साताको तीन दिन सोमबार, बिहीबार र शनिबार उडान हुँदै आएको थियो।

नागरिक उड्डयान प्राधिकरण कार्यालय जनकपुरधामका प्रमुख  योगेन्द्रनाथ कुँवरले गत फागुन २१ गतेदेखि जनकपुरधाम–पोखरा साताकाको तीन दिन सुरु भएको हवाई उडान सेवा चैत १० गते बिहीबारबाट दैनिक भएको बतए।

दुई सहरबीच नियमित हवाई उडान भएपछि जनकपुरधाम आउने पर्यटक अब सहज र सुरक्षित रूपमा हवाई यात्रामार्फत प्राकृतिक सौन्दर्यले भरिपूर्ण नगरी पोखरा पुग्नेछन्। र, पोखराबाट पनि हवाईमार्ग भएर पर्यटक धार्मिक र सांस्कृतिक नगरी जनकपुरधाम आउनेछन्। 

हवाई उडान सुरु भएपछि दुवै ठाउँको पर्यटन प्रवद्र्ध्धनमा थप टेवा पुग्ने यहाका होटल तथा  पर्यटन व्यवसायीहरुको भनाई छ। गत असोजमा गण्डकी प्रदेशका मुख्यमन्त्रीको निमन्त्रणामा पोखरा भ्रमण गएका मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले दुई पर्यटकीय सहरलाई हवाई उडानले जोड्नुपर्ने प्रस्ताव गरेका थिए। त्यसपछि पोखराबाट पहिलो हवाई उडानमार्फत फागुन २१ गते जनकपुरधाम आइपुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले यो हवाई सेवालाई नियमित बनाउने बताएका थिए।

पर्यटन प्रवद्र्धधनमा जनकपुर–पोखरा उडानले मधेस र पहाडबीचको पर्यटनमा सकारात्मक योगदान पु¥याउने अपेक्षा छ। हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र जानकी मन्दिर दर्शनका लागि लाखौं भारतीय जनकपुरधाम आउँछन्।

उनीहरूमा पोखरालगायत मुक्तिनाथको दर्शन गर्न पनि उत्तिकै रुचि राख्छन्। जनकपुर–पोखरा हवाई उडान सुरु भएपछि केही समयमै उनीहरू पोखरा पुग्न सक्नेछन्। हवाई उडानले मधेस–पहाडबीच सम्बन्ध स्थापित गर्दै पर्यटन विकासमा सहयोग पु¥याउनेछ। पर्यटन  प्रर्वद्धनमा यो नियमित उडान ठूलो फड्को नै हुने होटल व्यवसायी संघ जनकपुरधामका अध्यक्ष सुरेन्द्र भण्डारीले बताए।

प्रकाशित: १० चैत्र २०७८ ०५:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App