यस पटकको वल्र्ड कार अवार्डका फाइनलिस्ट तीनवटै इलेक्ट्रिक कारहरू पुगेका छन्। फाइनलिस्टमा पुगेका कारहरूमध्ये एउटा इलेट्रिक कारले वल्र्ड कार अफ द इयर–२०२२ को उपाधि पाउने भएको छ। डब्लुसिओटिवाई भनिने यो अवार्डमा यसपालि इतिहासमै पहिलो पटक तीनवटै फाइनलिस्टहरू इलेक्ट्रिक कारहरू रहेका छन्।
सन् २०२२ को वल्र्ड कार अवार्डको फाइनलमा फोर्ड मुस्ताङ मार्च–ई, हुन्डाई आयोनिक–५ र किया इभी ६ परेका छन्। आयोजकले अप्रिल १३ मा हुने न्युयोर्क इन्टरनेसनल अटो सोमा यी तीन विद्युतीय कारहरूमध्ये एउटालाई विजेता घोषणा गर्नेछन्। उक्त समारोहमा वल्र्ड लक्जरी कार, वल्र्ड परफर्मेन्स कार र वल्र्ड इलेक्ट्रिक भेहिकल अफ द इयरलगायत समूहगत विधामा पनि पुरस्कार वितरण गरिनेछ।
इलेक्ट्रिक कारहरूका लागि छुट्टै श्रेणी रहे पनि कार अफ द इयरमा तीनओटै फाइनलिस्ट इभी हुनुलाई उत्सुकताका साथ हेरिएको छ। कार अफ द इयरको तीनओटै फाइनलिस्ट इभी रहे पनि हुन्डाईको आयोनिक ५ बाहेक अन्य कार इलेक्ट्रिक कारहरूको श्रेणीमा परेका छैनन्।
प्रकाशित: १० चैत्र २०७८ ०३:०१ बिहीबार