८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

सलमानको नेपाल बसाइ लम्बाइने

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आले र बलिउड अभिनेता सलमान खानबीच सोमबार हुने भनिएको भर्चुअल संवाद कार्यक्रम बुधबारलाई सारिएको छ। आगामी जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने सलमानको दबङ रिलोडेड टुर र पर्यटन प्रवर्द्धनबारे छलफल गर्न सोमबार पूर्वनिर्धारित कार्यक्रम तय भए पनि सलमानको स्वास्थ्य अवस्थाको कारण देखाउँदै बुधबारलाई सारिएको थियो।

यसअघि ओडिसी इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री प्रेमबहादुर आलेले बलिउड स्टारसँग सोमबार भर्चुअल संवाद गर्ने कार्यक्रम रहे पनि अन्तिम समयमा आएर सलमान खानको फिल्म छायांकनको धपेडीले स्वास्थ्यमा समस्या आएको भन्दै पूर्वनिर्धातिर कार्यक्रम रद्द गरिएको थियो।

अहिले सलमान दुई दिन नेपालमा रहने तय भए पनि आयोजक थप एक दिन समय थप्न प्रयासरत रहेको समेत गुरुङले बताए। सोमबारको पूर्वनिर्धारित भिडियो संवाद कार्यक्रम आयोजकले नेपालबाट पैसा नहालेका कारण स्थगित भएको चर्चाबारे भने आयोजकले सलमानको स्वास्थ्यको कारणबाहेक अन्य कारण नरहेको दाबी गरेको छ।

पूर्वनिर्धारित संवाद कार्यक्रम एकाएक रद्द भएपछि सलमानले संवादपूर्व ठूलो राशि अग्रीम भुक्तानी खोजेको चर्चा बाहिरिएको थियो तर आयोजकले भने सेलिब्रेटिलाई नेपाल ल्याउन पटकपटक पहल गरिहेकाले बाहिरी चर्चा हल्ला मात्रै भएको समेत दाबी गरिएको छ।

प्रकाशित: ९ चैत्र २०७८ ०१:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App