नयाँ वर्ष २०७९ नजिकिदै गर्दा सस्तो डिलले सबै भन्दा ठुलो एक हप्ते 'मोबाईल हप्ता' क्याम्पेन अनावरण गरेको छ।
यो एक हप्ते क्याम्पेन मार्च २२ देखि सुरु भइ मार्च २८ मा सम्पन्न हुनेछ। यस एक हप्ते योजना अवधिभर मोबाईल किन्नु हुने ग्राहकहरुले लोभ लाग्दा उपहार जित्न सक्नेछन्।
योजना सुरु हुनु भन्दा ३ दिन अघि सस्तो डिलअर्ली बर्डका लागि प्री बुकिङ सुरु गरेको थियो जस्मा ५०० भन्दा बढी ग्राहकले आफ्नो अर्डर दिइ सकेका छन् र अफरहरु जित्ने कोटा सुरक्षित गरीसकेका छन्।
योजना अवधिभर ग्राहकहरुले हरेक मोबाईल फोन खरिदमा ५ हजारसम्मको छुट भौँचर पाउनेछन्। ग्राहकहरुको सहजताका लागि सस्तो डिलले एनआइसी एसिया बैंकसँग हातेमालो गरी शून्य% व्याजदरमा फोन लिन मिल्ने सुविधा पनि अघि सारेको छ। यसका एनआइसी एसिया बैंकको डेबिट र क्रेडिट कार्ड भएका ग्राहकहरुले थप १५५ (१,५००) सम्मको छुट पनि पाउनेछन्।
ग्राहकहरु यस योजनाको निक्कै लामो समयदेखि पर्खाइमा रहेका र आकर्षक उपहार जित्नका लागि निक्कै नै उत्साहित रहेका सस्तो डिलका हेड अफ मार्केटिङ रितिक शाहीले बताए। साथै सामाजिक संजालमा आइरहेको ग्राहकहरुको प्रतिक्रिया देख्दा यस योजनामा रहेका अफरहरु एकै दिनमा सकिनेमा पनि उनी विश्वस्त रहेको बताए।
उनले सम्पुर्ण ग्राहकहरुलाई तयार रही छिटो भन्दा छिटो मोबाईल फोन खरिद गरी अफरको लाभ उठाउन अनुरोध गरेका छन्। यस अफर अवधिभर मोबाईल फोन खरिद गर्ने ग्राहकहरुले नेपाल भरी फ्री डेलिभरीको सुविधा पनि पाउनेछन्।
प्रकाशित: ८ चैत्र २०७८ १०:५० मंगलबार