१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

दुग्ध पदार्थको गुणस्तरमा अवैधानिक काम गरेको भेटिए कारबाही

डेरी उद्योग तथा पसलहरुले दुधमा जथाभावी सोडा, चिनी, साल्टहरुको प्रयोग गरेर बिक्रि गरेको पाइएमा सरकारले कारबाही गर्ने भएको छ। काठमाडौंमा दुग्ध पदार्थको गुणस्तर तथा स्वच्छता सम्बन्धि अन्तरक्रिया कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागले यस्तो बताएको हो।

उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागकी महानिर्देशक डा.मतिना जोशी वैद्यले डेरी पसलहरुमा विना लेभलका दही, पनिर लगायतका उत्पादनहरु बिक्रिवितरण भएको बताइन्।

उनले विना लेभलका दुग्धजन्य वस्तुहरु उत्पादन गर्दा गुणस्तरको सुनिश्चिता नदेखिने बताइन्। महानिर्देशक वैधेले विगतमा डेरी उद्योग तथा पसलहरु जथाभावी रुपमा सोडा, चिनी, साल्टहरु प्रयोग भइरहेको पाइएकाले यस्तो खालको अवैधानिक कामहरु गरेको भेटिएका कानून अनुसार कडा कारबाही गर्ने बताइन्।

उनले विशेष गरेर यस्तो गर्मी महिनामा हुने गरेको बताइन्। विभागले तत्कालिन रुपमा दुग्ध पदार्थको गुणस्तरको विषयमा बनेको निर्देशिका अनुसार विशेष गरेर दुध, पानी, खानेतेल लगायत दैनिक उपभोग्य वस्तुमा गुणस्तर कायम गर्नको लागि निरन्तर रुपमा विभाग लागि परेको दाबी गरिन्।

महानिर्देशक वैघेले दुग्ध जन्य पदार्थमा गुणस्तर कायम गर्ने ऐन परिमार्जन गर्नु पर्ने भएकाले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक राष्ट्रिय सभाबाट पास भएको बताइन्। उनले अब छिटै प्रतिनिधि सभाबाट यो विद्येयक पास हुने तयारीमा रहेको बताइन्। यो विद्येयक प्रनिधिसभाबाट पास भएर लागू भएमा सम्पूर्ण खाद्य श्रीङ्खलामा परिर्वन आउने उनको भनाई छ।

प्रकाशित: ३ चैत्र २०७८ ०७:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App