अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ले सानिमा बैंक लिमिटेडसँग सम्झौता गरेको छ। सो अन्तर्गत सानिमा बैंकका ग्राहकले सानिमा सजिलो ई–बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई–बैंकिङ एपमार्फत चेक आउट गर्न सक्ने बैंकले जनाएको छ। यो साझेदारीसँगै सानिमा बैंकका ग्राहकले अब सिधै बैंकको सानिमा सजिलो ई–बैंकिङ एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन्।
प्रकाशित: ३० फाल्गुन २०७८ ०६:०४ सोमबार