२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

डाबर नेपालद्वारा डाबर वाटिका नेचुरल श्याम्पू सार्वजनिक

डाबर नेपालले डाबर वाटिका नेचुरल श्याम्पूको नयाँ रेन्जहायाट प्लेस् सार्वजनिक गरेको छ।काठमाडौमा भव्य रुपमा आयोजित एक कार्यक्रमका बीच उक्त श्याम्पू सार्वजनिक गरेकाे हाे। यो ब्राण्डको अनावरण डाबर वाटिका नेचुरल श्याम्पूको सेलिब्रेटि ब्राण्ड एम्बेसेडर स्वस्तिमा खड्काको साथै डाबर नेपालका व्यापार प्रमुख एच्. एस्. बेदी, मार्केटिङ प्रमुख अभय गोर्खाली र ब्रान्ड प्रबन्धक सलीना शर्माद्वारा गरिएको थियो।  

डाबर नेपालले नेपाली श्याम्पू बजारमा आफ्नो उपस्थिती जनाउँदै नेपाली उपभोक्ताहरुलाई उच्च गुणस्तरीय वाटिका श्याम्पू उपलब्ध गराएको छ। डाबर वाटिका नेचुरल श्याम्पू तीनवटा भेरियन्टमा पाइन्छ। ब्ल्याक साइन श्याम्पू कालो र चम्किलो कपालको लागि, थिक एण्ड लंग श्याम्पू बाक्लो र लामो कपालको लागि र एन्टी डेन्ड्रफ श्याम्पू चाँयामुक्त कपालको लागि बनाइएको छ। हरेक भेरियन्टमा १० वटा खास चुनिएको प्राकृतिक तत्वहरुले भरिपूर्ण छन्। जसले कपालको विशेष समस्याहरुको समाधान गर्छ र कपाललाई नरम बनाउनुको साथै क्लिङसिङ्गर कन्डिसियनिङ दिन्छ।

एच. एस. बेदी, डाबर नेपालको व्यापार प्रमुखले भने, ‘डाबर वाटिका नेचुरल श्याम्पूको लन्च डाबरको उपभोक्तातर्फ प्राकृतिक हेयर केयरमा सबैभन्दा राम्रो समाधान दिँदै आएको प्रतिबद्धताको नतिजा हो। हाम्रो श्याम्पूको रेन्ज कपालको दैनिक आवश्यक हेरचाहको लागि १० प्राकृतिक पोषणले भरिपूर्ण छ।’

मार्केटिङ प्रमुख अभय गोर्खालीले भने, ‘डाबर वाटिका नेचुरल श्याम्पू आफ्नो उपभोक्तालाई सधैँ केही नयाँ र रोमाञ्चक उत्पादन ल्याउने यस कम्पनीको निरन्तर प्रयासको नतिजा हो।’ गोर्खालीले अभैm थप्दै भने, 'डाबर वाटिका नेचुरल श्याम्पूको फर्मुला बजारको व्यापक अनुसन्धानपछि नेपाली उपभोक्ताको चाहना अनुरुप १० प्राकृतिक तत्वहरुसहित बजारमा ल्याएका छौं'

डाबर वाटिका नेचुरल श्याम्पू १७० एम.एल., ३३० एम.एल. र ६५० एम.एल.का बोतल आर्कषक मूल्यमा बजारमा उपलब्ध छ भने ७ एम.एल. र ३.५ एम.एल.को स्यासेमा पनि उपलब्ध छ। ३३० एम.एल.को बोतलमा पम्पको सुविधा पनि रहेको छ।

प्रकाशित: २४ फाल्गुन २०७८ ०७:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App