२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पेट्रोलियम व्यवसायीको आन्दोलन स्थगित

कमिसन रोकेको बिरोधमा आन्दोलनमा उत्रिएका पेट्रोलियम व्यवसायीले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि सँगै निगमले ठूलो घाटा व्यहोरेको भन्दै पेट्रोल पम्पले प्रतिशतका आधारमा पाउने कमिसन रकम वृद्धि नहुने निर्णय गरेको थियो।

त्यसको बिरोधमा आन्दोलनमा उत्रिएर व्यवसायीले शुक्रबार निगमको इन्धन डिपोबाट तेल उठाएका थिएनन्। १५ दिन भित्र कमिसन र जर्ती समेतका सम्पूर्ण समस्या समाधान नभए फेरी कारोबार बन्द गर्ने गरी आन्दोलनका कार्यक्रम स्थगित गरेको पेट्रोलिय डिलर्स राष्ट्रिय एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए। निजी पम्पले तेल लोड नगरे पनि सरकारी स्वामित्वका संस्था तथा कम्पनीका पम्पहरुले भने डिजेल, पेट्रोल लिएका छन्।  

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि सँगै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्यले नयाँ रेकर्ड राखेको हो। पेट्रोलको मूल्य लिटरको एक सय ५० रुपैयाँ पुगेको छ। निगमले बिहीबार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएको हो। रुसले युक्रेनमाथि आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यले नयाँ रेकर्ड बनाएसँगै त्यसको असर नेपालमा पनि परेको हो। मूल्य वृद्धिसँगै डिजेल र मट्टितेलको मूल्य एक सय ३३ रुपैयाँ पुगेको छ।

प्रकाशित: २३ फाल्गुन २०७८ १२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App