३ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

यती एयरलाइन्सको सहकार्यमा आइएमई पे अफर

आइएमई पेले यती एयरलाइन्ससँगको समन्वयमा नयाँ अफर ल्याएको छ। यो अफरअन्तर्गत आगामी वैशाख १२ गतेसम्म यती एयरलाइन्सको उडान टिकट आइएमई पे एपबाट खरिद गर्दा लक्की ड्रमार्फत नेपालका विभिन्न सुन्दर गन्तव्यका लागि निःशुल्क उडान टिकट पाइनेछ।

निःशुल्क टिकट पाउने गन्तव्यमा रारा, लुक्ला, मुक्तिनाथ, शे फोक्सुन्डोजस्ता धार्मिक तथा पर्यटकीय स्थान रहेका छन्। यसले नेपालको बाह्य तथा आन्तरिक पर्यटनको प्रवद्र्धनमासमेत योगदान पुग्ने विश्वास लिइएको छ।

अफर अवधि भरी चारजना भाग्यशाली विजेता छानिने छन्, जसमध्ये हरेक विजेताले २ जनाका लागि प्रस्थान र आगमनको टिकट जित्नेछन्। विजेताले उल्लिखित गन्तव्यमध्ये आफूले चाहेको गन्तव्य रोज्न सक्नेछन्।

 

प्रकाशित: १९ फाल्गुन २०७८ ०१:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App